arrow

'तालिबानी युद्ध इस्लामिक कानूनमा आधारित छैन'

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
afghanistan-president-ghani1.jpg

काबुल,अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बुधवार तालिबानको निन्दा गर्दे उनीहरूसँगको युद्ध शरिया (इस्लामिक कानून) मा आधारित कुनै कारण नभएको बताएका छन्।

संसदलाई सम्बोधन गर्दे घानीले “तालिवानसँग युद्धको कुनै शरियामा आधारित नभएको बताएका हुन्। लोया जिर्गा (अफगानिस्तानको संसद ) मा युद्धविराम र हिंसा घटाउन आह्वान गरे पनि दुर्भाग्यवस, तालिवान अझै पनि हिंसा जारी राखेका उनले बताएका छन् ।

तालिबानहरुले युद्धको कुनै धार्मिक मान्यता नभएको उलेमा (धार्मिक विद्वानहरूको निकाय) ले पुष्टि  गरेको घानीले बताएका छन् । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको पनि घानीले थप जानकारी दिएका छन्। 

अन्तर्राष्ट्रिय समुदायले स्वास्थ्य क्षेत्रमा पनि अफगान सरकारलाई सहयोग गरिरहेको र  आगामी जेनेभा सम्मेलनमा उनीहरूले अफगानिस्तानप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्ने पनि उनले बताएका छन्। 

हालै भएको अमेरिकी हवाई कारबाही सहयोगलाई उद्धृत गर्दै अफागान सरकारलाई  नेटो र अमेरिकाको सहयोग रहेको घानी थप जानकारी दिएका छन् । भ्रष्टाचारविरुद्ध लडाईमा हातेमालो गरेर काम गर्ने र आफ्नै खुट्टा उभिन पनि घानीको दाबी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ