arrow

घुसपैठ गरेका चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
coast-guard-japan.jpg

टोकियो । जापान कोस्ट गार्डले आइतबार पूर्वी चीन सागरको सेन्काकू टापुमा जापानको क्षेत्रीय पानीमा घुसपैठ भएको पाएपछि दुई चिनियाँ गस्ती जहाजलाई चेतावनी जारी गरेको छ । चिनियाँ गस्ती जहाज बारम्बार जापानी माछा मार्ने डुंगामा पुग्‍न खोजिरहे त्यसको जवाफ दिइने चेतावनी जापानी कोस्ट गार्डले दिएका थिए । 

क्षेत्रीय पानीभन्दा ठीक बाहिर यात्रा गरिरहेका तीन चिनियाँ जहाजहरूमध्ये दुईले आइतबार बिहान ११ बजे भन्दा पहिले ताइसो टापुमा प्रवेश गरेको र साँझसम्म उक्त क्षेत्रमै रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । कोस्ट गार्डले दुई गस्ती जहाजहरूलाई तुरुन्तै जापानको जहाजहरू छोड्नसमेत चेतावनी जारी गरेको छ ।

एनएचके वर्ल्डका अनुसार अगस्त २ पछि चिनियाँ सरकारले जापानको क्षेत्रीय पानीमा यस वर्ष १८ औं पटक प्रवेश गरेको हो । चीनले अमेरिका-चीन तनाव बढ्दै गएको केही महिनामा दक्षिण चीन सागर र पूर्वी चीन सागर दुबैमा आफ्नो समुद्री गतिविधिहरू बढाइरहेको छ । यी घुसपैठहरूलाई अमेरिकासहित विभिन्‍न मुलुकहरुले निन्दा गरेका छन् । उक्त सागरमा सैन्य अभ्याससमेत गरिने जापानको चेतावनी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ