arrow

दोस्रो सबैभन्दा प्रभावित राष्ट्रमा राष्ट्रपतिको आलोचना, झन् धेरै भेटिन थाले संक्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
brazil-corona.jpg

ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९)बाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको समाचारमा जनाइएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म ब्राजिलमा कोरोनाको कारण एक लाख ५५ हजार ४०३ जनाको मृत्यु भएको छ ।

ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । अमेरिकामा अहिलेसम्म दुई लाख १२ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।

ब्राजिलमा गत २४ घन्टामा ५५६ जना विरामीको ज्यान गएको बताइएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा त्यो सबैभन्दा धेरै हो ।

यहाँ गएको २४ घन्टा यता गरेको परीक्षणका क्रममा कम्तीमा पनि २४ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।गत साता मात्र कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको थियो । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ५२ लाख ९८ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेका छन् । यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ