arrow

सबैभन्दा प्रभावित महाराष्ट्र, कर्नाटक र केरलामा यस्तो अवस्था

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
corona-india-public.jpg

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रबार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा शुक्रबारसम्म एक लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा एक लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । 

अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा एक लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छ । यहाँ १० हजार ६९६ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करिब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा एक हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोनाभाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ