arrow

बाह्र तालिवान लडाकु मारिए, त्यसमध्ये ६ पाकिस्तानी नागरिक

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
afgansitan.jpg.jpeg

काबुल ।  सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा तालिवान विद्रोहीका १२ लडाकु मारिएका छन् ।   मारिएका मध्ये छ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् । 

देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त अन्तर्गत पर्ने खोग्यानी जिल्लाको डान्डो भन्ने ठाउँमा घटना भएको प्रान्तीय गभर्नरको कार्यालयका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।     

“घटनामा परी १२ जना तालिवान विद्रोही मारिएका छन्, ती मध्ये छ जना पाकिस्तानी नागरिक रहेका छन, अरु सात जना घाइते भएका छन्,” गभर्नरको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

घटनास्थलबाट सुरक्षाकर्मीहरुले अन्य केही हतियारहरु समेत बरामद गरिएको जानकारी दिएका छन् । घटनामा परी अन्य सर्वसाधारण र सरकारी सुरक्षाकर्मी तर्फ भने कुनै क्षति नभएको पनि सरकारी सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ