arrow

मरुभुमीको बीचमा इजिप्टले यसरी बढाइरहेको छ हराभरा जंगल

२१ अफ्रिकी देश ८ बिलियन अमेरिकी डलरको ग्रेट ग्रीन वाल परियोजनामा सहभागी

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
egypt-desert-jungle.jpg

काठमाडौं। असम्भव झै लाग्ने मरुभुमीको बिचमा वनजंगलको विकास गर्ने कुरा इजिप्टले सम्भवमात्रै पारेको छैन्, कयौं हेक्टर जंगल विस्तार समेत गरिसकेको छ। जलवायु परिवर्तन र आफ्नो अर्थतन्त्रलाई ध्यानमा राख्दै इजिप्टले सुख्खा मरुभुमीको बिचमा जंगलको विकास गरेको हो । प्रदुषित पानीलाई प्रशोधन गरेर वातावरणीय संरक्षण, प्रदुषण नियन्त्रण एवं उपलब्ध प्राकृतिक स्रोत साधनको प्रयोग गरेर इजिप्टले यो कुरालाई सम्भव पारेको हो।

सन् १९९०मा नै इजिप्टियन सरकारले अघि सारेको सेरापियम फरेस्ट पहल अन्तर्गत अहिले इजिप्टको इस्माइलिया शहरको आसपासको २ सय हेक्टर(४सय९४ एक्कड) क्षेत्रमा जंगलको विकास गरेको हो । उत्तरपूर्वी इजिप्टमा पर्ने यो शहर क्षेत्रमा विकास गरिएको जंगलले दुषित पानीको प्रशोधन गर्दै रोजगारी बढाएको छ। इजिप्टियन सरकारको कृषिमन्त्रालय अन्तर्गतको केन्द्रीय प्रशासित रिफरेस्टेसन प्रोग्रामले सन् १९९८ देखि यो परियोजनामा काम गर्दै आएको थियो ।

यसरी मरुभुमीको बिचमा जंगलको विस्तार गर्न इजिप्ट सफल भएसँगै अन्य अफ्रिकी मुलुहरुले समेत इजिप्टको सिको थालेका थिए । सन् २०१९ मा मात्रै इजिप्ट लगायत २१ अफ्रिकी मुलुहरुले ग्रेट ग्रिन वालको नाम दिँदै मरुभुमीमा जंगलको विस्तार अथवा वृक्षारोपणको योजना अघि सारेका थिए।

यो योजनाको तयारी भने सन् २००७ देखि नै सुरु भएको थियो। इजिप्टलगायतका २१ अफ्रिकन देशहरुले नाइजेरियाबाट यो परियोजनाको सुरुवात गरेका थिए। पछि यसमा थप ९ देशहरु संलग्न भएका हुन्। सिनेगलदेखि जिबुतीसम्मका देशहरु मरुभुमीमा जंगलको विकास गर्ने यो परियोजनामा लागेका छन्।

यसरी २१ वटै अफ्रिकी मुलुकको मरुभुमीमा जंगलको विस्तार गर्ने गरी ग्रेट ग्रीन वाल नाम दिइएको यो परियोजनाको हालसम्म १५ प्रतिशत काम सकिएको छ । सन् २०३० सम्ममा यो परियोजना सक्काउने लक्ष्य ती मुलुकहरुको रहेको छ । करिब १० करोड हेक्टर (२४ करोड एक्कड) क्षेत्रमा जंगल फैलाउने लक्ष्य रहेको यो परियोजनाको लागत करिब ८ बिलियन अमेरिकी डलर रहेने अनुमान छ ।

सेरापीइयम परियोजनाका प्रोजेक्ट म्यानेजर रागाई साफनले दुषित पानीलाई प्रशोधन गरेर जंगल विस्तारका लागि प्रयोग गर्दा वातावरण प्रदुषीत हुनबाट रोकिने र राम्रोसँग वनजंगलको विकास समेत हुने बताएका छन् । त्यस्तै वनजंगलको विकासले अफ्रिकालाई ठूलो राहत दिने उनको भनाइ छ । यसबाहेक आर्थिकरुपमा समेत विभिन्न फलफुल र औषधिजन्य बोटविरुवाबाट ठूलो योगदान हुने उनको भनाइ छ ।

जमिनमुनीबाट बेसिनमार्फत ती जंगलमा प्रशोधित दुषित पानी पठाइन्छ । पानीसँगै अक्सिजन, फस्फोरस, नाइट्रोजनलगायत आवश्यक खनिजहरु पनि पठाइन्छ। यसरी विकास गरिएका कृत्रिम जंगलमा हुकर्ने बोटविरुवहरु छिट्टै हुर्कने उनको भनाइ छ । कुनै युरोपको जंगलाम ६० वर्षमा परिपक्क हुने विरुवा यो जंगलमा १५ वर्षमै परिपक्क हुने म्यानेजर साफनले बताए ।

इजिप्टका सरकारी अधिकारी साइद खलिफाले इजिप्टलाई मरुभुमी बढ्नबाट जोगाउँदै, दुषित पानीको प्रशोधन गरेर काठ र अन्य किसिमको आर्थिक सम्भावनाहरुको विकास गर्नका लागि जंगलको विकास गरिएको बताएका छन् । सन् २०११ मा संयुक्त राष्ट्र संघको एक खोजले इजिप्टले विश्वमै सबैभन्दा धेरै प्रतिघण्टामा ३.६ एक्कड खेतियोग्य जमिन खडेरीका कारण गुमाउँने गरेको सार्वजनीक गरेको थियो । त्यसयता इजिप्टले वनजंगलको विकास र खेतियोग्य जमिनको विस्तारका लागि निकै पहल चाल्दै आएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ