arrow

कोरोनाले विदेशमा दुई सय ८४ नेपालीको मृत्यु, ४२ हजार ७ सय ५२ संक्रमित

९२ प्रतिशत नेपाली कोरोनामुक्त

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
corona-world.jpg

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९० संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरेबियामा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।  

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ ।

 यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हालसम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ । 
 
यस्तै नेपालमा मात्र १ लाख ५५  हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना  कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत भएको कोभिड १९  उच्चस्तरीय समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ