arrow

कोरोना संक्रमणबाट पोखराका दुईसहित गण्डकीमा थप चारको मृत्यु

logo
हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
corona-killed.jpg

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका दुई जनासहित गण्डकी प्रदेशका चार जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

पोखरा महानगरपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष, वडा नं. १५ की ७८ वर्षीय महिलाको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार पोखरा ५ का पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ९ः१० बजे र पोखरा १५ की महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा राति ११ बजे मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी नवलपरासी पूर्वका दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा गैडाकोट ५ का ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेज र कावासोती २ का ७७ वर्षका पुरुषको मध्यविन्दु अस्पतालमा मृत्यु भएको डा. शर्माले जानकारी दिए । 

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ जना पुगेको छ । 

पोखरामा शनिबार राति मात्रै चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर पनि उच्च रुपमा वृद्धि भएको छ । गण्डकीमा हालसम्मको कोरोना संक्रमितको संख्या ६७ सय ११ जना पुगेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ