भारतमा एकैदिन घटे २८ हजार कोरोना भाइरसका संक्रमित

प्रकाशित मिति : २०७७ कार्तिक ११ मंगलबार
तस्वीर– दशैं (भारतमा दशहरा) का क्रममा माइसुरु दशहरा महोत्सवका क्रममा, मास्क सांकेतिक रुपमा राखिएको छ ।

काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २८ हजार कोरोना भाइरसका संक्रमित घटेका छन् । सोमबार ३५ हजार ९३२ जना संक्रमित मात्र थपिएका छन् । यो लामो समयपछिको सबैभन्दा कम संख्या हो । 

९८ दिनपछि भारतमा पहिलो पटक ४० हजार भन्दा कम कोरोना संक्रमित पाइएका हुन् । 

सोमबार ६३ हजार ५७२ जना कोरोनामुक्त भएका छन् । यो आंकडा अनुसार सोमबार २७ हजार ६४० जना बढी कोरोनामुक्त भए । 

हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४५ हजार ८८८ पुगेको छ । तीमध्ये कोरोनामुक्त हुनेको संख्या ७१ लाख ९८ हजार ७१५ पुगेको छ । 

हाल सक्रिय संक्रमितको संख्या ६ लाख २६ हजार २७० रहेको छ । यो संख्या कुनै समय १० लाख २० हजार पुगेको थियो । 

मृत्यु हुनेको संख्या १ लाख १९ हजार ५३५ पुगेको छ । सोमबार ४८२ जनाको ज्यान गएको थियो । 
 

नयाँ