arrow

राष्ट्रपतिको निर्वाचनअघि ट्रम्पले थपे सर्वोच्च अदालतमा न्यायाधीश

logo
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
amy-coney-barrett.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचनको मुखैमा आएर अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका छन् । उनले एमी कोनी ब्यारेटलाई नियुक्त गरेका छन् । 

ट्रम्पले सिफारिसमा परेकी ब्यारेटलाई न्यायाधीशमा नियुक्त गरेका हुन् । सिनेटमा ब्यारेटको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा ४८ मत परेको थियो ।

एकजना सिनेटर सुसन कोलिन्सले भने पार्टीको लाइनभन्दा बाहिर ब्यारेटविरुद्ध डेमोक्रेटको पक्षमा मतदान गरेका थिए ।

रिपब्लिनकले एक कार्यकालमा नियुक्त गरेकी ४८ वर्षीया ब्यारेट तेस्रो न्यायाधीश बन्न पुगेकी छिन् । योसँगै अमेरिकाको सर्वोच्च अदालतमा कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत भएको छ ।

अमेरिकाको संविधानअनुसार सर्वोच्च अदालतमा न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुको फैसलाले बन्दुकदेखि मताधिकार, गर्भपतनसहितका सार्वजनिक जीवनका सबै पक्षमा प्रभाव राख्ने गरेको छ ।

ट्रम्पले आफूले चुनावमा हार बेहोर्नुपर्यो भने हार नस्वीकार्ने बताउँदै आएका छन् । उनले हुलाकबाट हुने मतदानमा विश्वास पनि गरेका छैनन् । 

अमेरिकामा चुनावअघि नै विभिन्न माध्यमको प्रयोग गरी मतदाताले मतदान गरिसकेका छन् । 

अमेरिकामा नोभेम्बर ३ तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । ट्रम्प दोस्रो पटक राष्ट्रपति बन्ने होडमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ