arrow

इरानमा कोरोनाभाइरसका संक्रमित बढे

logo
एपी,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
iran-dead-corona.jpg

तेहरान। इरानमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमितहरुको मृत्यु भएको छ । इरानी स्वास्थ्य अधिकारीहरुका अनुसार पछिल्लो पटक एकै दिन ३४६ जनाको ज्यान गएको छ । 

यो मृत्युसँगै इरानमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ हजार २९९ पुगेको छ । अरब देशहरुमा इरानमा सबैभन्दा ठूलो संख्यामा इरानमा कोरोनाभाइरसका संक्रमितको मृत्यु भएको छ । 

इरानको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सिमा सादात लारीले नयाँ कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ६ हजार ९६८ रहेको पनि जानकारी दिनुभयो । उहाँले योसहित इरानमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ८२४ पुगेको बताउनुभयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ