arrow

भारतलाई अझ शक्तिशाली बनाउन अमेरिकाले गर्‍यो यस्तो सम्झौता

दक्षिण एशिया र इन्डो—प्यासिफिकमा भारतको प्रभाव बढ्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
india-us-2-2-meeting.jpg

काठमाडौं । एकपछि अर्को शक्तिराष्ट्रहरुसँगको सहकार्य पछि दक्षिण एसिया, हिन्द महासागर एवं इन्डो प्यासिफिक क्षेत्रमा भारतको सबल रुपमा उदय भएको छ । मंगलबार मात्रै अमेरिका र भारतबीच ‘जियोस्पाटियल इन्टेलिजेन्सी’को साझेदारी र सहकार्यका विषयमा सम्झौता भएको छ । यो सम्झौतालाई बीईसीए नाम दिइएको छ ।

जियोस्पाटियल इन्टेलीजेन्सी एक अमेरिकी खुफिया प्रणाली हो जसले भुउपग्रह र शक्तिशाली क्षमताका उपकरणहरुबाट पृथ्वीमा भइरहेका मानविय गतिविधिहरुबारे तथ्यांक राख्ने गर्छ । अब, भारतले अमेरिकी सुचना प्रणालीको प्रयोग गर्न पाउने भएसँगै यसले वास्तविक समयमा पृथ्वीमा भइरहेका घटनाहरुलाई नियाल्न सक्नेछ । यो सहमतिसँगै कुनै पनि शंकास्पद उच्चपहाडी, तटिय एवं जंगल क्षेत्रमा भइरहेका गतिविधिहरुलाई रियल टाइममा भारतले हेर्न पाउने भएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ, रक्षामन्त्री मार्क स्पर, भारतीय विदेशमन्त्री एस. जयशंकर र रक्षामन्त्री राजनाथ सिंहबीचको भेटवार्ता भएपछि भएको यो सम्झौतापछि अब, भारतले अमेरिकी जियोस्पाटियल इन्टेलीजेन्सीको प्रयोग एवं पहुँच पाउँने भएको छ । यसले भारतलाई आफ्ना मिसाइलहरु, सशस्त्र ड्रोन र अन्य एयरक्राफ्टहरुलाई नियन्त्रण गर्न र वास्तविक निशाना लगाउन ठूलो सहयोग गर्ने छ ।

यसबाहेक, भारतले आफ्नो सीमा क्षेत्रमा कुनै तेस्रोशक्तिले गर्न खोजिरहेको दुश्प्रयासका कुराहरुलाई समेत स्याटेलाइट इमेजबाट देख्न सक्नेछ । अमेरिकी चुनावको पूर्वसन्ध्यामा ट्रम्प प्रशासनले भारतसँग यस किसिमको सम्झौतालाई ठूलो प्राथमिकतामा राख्नुले यो विषयलाई चीनलाई झड्का पर्ने अनुमान रणनीतिकारहरुको छ । 

यति मात्रै नभएर भारत र अमेरिकाबीच जलिय सशस्त्र सुचना प्रवाहको सहकार्य एवं साझेदारीका लागि समेत सहमति भएको छ । यो सम्झौतालाई एमआईएसटीए नाम दिइएको छ । यसबाहेक दुईदेशबीच सैन्य हतियार किनबेच एवं अन्य सबै किसिमका सहकार्यको सम्झौता भएको छ ।

यी दुई सहमितको मुख्य फाइदा भने भारतले अब, पानी, जमिन र हावा तीनवटै क्षेत्रमा सेना र हतियारको परिचालन एवं प्रयोगमा उल्लेख्य क्षमता अभिवृद्धि गर्न सक्नेछ । अर्को कुरा भारतले आफ्नो भुमी र सीमा क्षेत्रमा सुरक्षा खतराका विषयलाई सहजै निर्क्यौल गर्न सक्नेछ ।

दक्षिण एसियाली क्षेत्रमा विगत दशकभन्दा लामो समयदेखि चिनियाँ प्रभुत्व बढ्दै आएको थियो । विस्तारवादी नीतिसँगै छलकपटपूर्ण तरिकाले आफ्नो हीतरक्षामा लागेको चीनको वास्तविकता बाहिर आएसँगै अहिले सबै मुलुकहरु चीनविरुद्ध उभिन थालेका छन् ।

भारत, जापान, अष्ट्रेलिया र अमेरिकाको संयुक्त सहकार्य क्वाडले सक्रियता बढाउँदै लगेका बेला भारत र अमेरिकाबीचको यो नयाँ सैन्य सहकार्यले चीनलाई अझैं टाउको दुखाउने विश्लेषण समेत शुरु भएको छ । यो सहकार्यपछि अब भारतीय सेनाले निश्चित निशानामा सजिलै प्रहार गर्न सक्नेछ ।

हिन्द महासागरमा आएका कुनै पनि चिनियाँ लडाकु जहाजहरुलाई सजिलै र स्पष्ट तरिकाले अब, भारतले अवलोकन गर्न सक्नेछ । यसले ती जहाजहरुले गरिरहेका गतिविधिहरुमाथि भारतले प्रत्यक्ष निगरानी राख्न सक्नेछ । जसरी सन् २०१९ मा बालकोटमा पाकिस्तानले आक्रमण गरेका थियो । अब, यदि कुनै त्यस्ता आक्रमण भएभने भारतले त्यसको तथ्यांकहरु हेरेर वास्तविकता पत्ता लगाउन सक्छ । यसरी भारतले आफ्नो सैन्य क्षमता र खुफिया क्षमतालाई उल्लेख्यरुपमा प्रगतीशिल बनाएको छ । यसले अब, भारतीय सैन्य क्षमतालाई चिनियाँ भन्दा तेज हुन मद्दत गर्नेछ ।

सोमबार चारवटै समकक्षीहरुबीचको भेटमा अमेरिकी विदेशमन्त्री पोम्पेओले, ‘भारत र अमेरिकाको सहकार्यले इन्डो प्यासिफिक एवं विश्वमा नै शान्तिलाई बढवा दिने’ बताएका थिए । हिन्द महासागर र दक्षिण एसिया अब, चीनको दबाबबाट मुक्तहुँदै भारतसँगको सुगम सहकार्यमा अघि बढ्न तयार रहने अपेक्षा भारतीय रणनीतिकारहरुको छ । जसका लागि भारतले, क्वाडदेखि सैन्य क्षमताको विकास र विस्तार गरेको छ । दक्षिण एसियामा भारतको सफल उदय गराउनका लागि अमेरिका मात्रै हैन्, जापान, अष्ट्रेलियाले समेत साथ दिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ