arrow

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलको मोर्चाबन्दी, बृहतस्तरका प्रदर्शन बढ्दै 

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक ११ मंगलबार
pakistan-opposition-politic.jpg

गुजरनवाला । पाकिस्तानी सेनाले चरम उत्पीडन गरेको, भ्रष्टाचार बढेको, आर्थिक मन्दी र कमजोर शासन शैलीका कारण प्रधानमन्त्री इमरान खानले सत्ता छोड्नुपर्ने माग गर्दै पाकिस्तानका विपक्षी दलहरुले बृहत विरोध र्‍याली निकाल्‍ने भएका छन्।

पाकिस्तानको विपक्षी दलहरुले जनताको मतको पवित्रतालाई जोगाउन इमरान खान सरकारविरूद्ध र्‍याली निकाल्‍ने जनाएका हुन् । पाकिस्तान प्रजातान्त्रिक आन्दोलन (पीडीएम) बाट प्रदर्शनमा जाने प्रतिबद्धता जाहेर गरेका पहिलो व्यक्ति जमिअत उलेमा-इस्लामका प्रमुख मौलाना फजलुर रहमानले आन्दोलनको विकल्‍प नभएको बताएका छन् ।

"सरकारविरुद्ध विपक्षीहरु एक ठाउँमा छन् र कुनै पनि दल सम्झौताबाट पछि हट्‍न तयार छैनन् । सबै पार्टीहरू प्रतिबद्ध छन् र जनताको मतको पवित्रतालाई पुनर्स्थापित गर्न एकजुट भएका छन्," रहमानलाई उदृत गर्दै पाकिस्तानी पत्रिका डनले लेखेको छ । लाहोरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, "हामीसँग कसैसँग व्यक्तिगत दुश्मनी छैन । तर यो तोकिनु पर्छ कि पाकिस्तान पाकिस्तानीहरुको हो । यो पश्चिमी मुलुकहरुको संस्था होइन ।"

"पाकिस्तान विश्‍व शक्तिद्वारा शासित हुनका लागि स्थापना गरिएको होइन, पाकिस्तानमा पाकिस्तानीहरुले शासन गर्नुपर्छ र त्यो पाकिस्तानको हितमा हुनुपर्छ," उनले थपे । हालसालै गठित पीडीएमले गुर्जनवालामा पहिलो सरकार विरोधी विरोध प्रदर्शन गर्ने भएको हो । 

विपक्षमा रहेका पीएमएल-एन (पाकिस्तान मुस्लिम लिग-नवाज), पीपीपी (पाकिस्तान पीपुल्स पार्टी), र जेयुआई-एफ (जमीअत उलेमा-ए-इस्लाम-फजल) गुर्जरवाला लगायत ११ दलले र्‍यालीमा सहभागीता जनाउने भएका छन् । 

यसैबीच, पीएमएल-एनका उपाध्यक्ष मरियम नवाज लाहोरको जती उमरास्थित उनको निवासबाट र्‍यालीको लागि प्रस्थान गरेका छन् । प्रस्थानअघि मरियमले उनी "नवाजको सिपाहीको रूपमा" यस अभियानमा लागिरहेकी छिन् ।

"मैले तपाईको संघर्षलाई, पाकिस्तान र उनका जनताका लागि तपाईंको अभियानमा समर्पित गर्दछु । अल्लाह हामीसँग रहोस् र हामी विजयी हुन सकौं । पाकिस्तान जिन्दाबाद," उनले पीएमएल-एन सुप्रीमोलाई सम्बोधन गरेको ट्वीटमा लेखेकी छिन् । 

पाकिस्तान सरकारले विपक्षीलाई जिन्ना पार्क भर्नका लागि चुनौती दिएको थियो किनभने सरकारले सार्वजनिक सभा आयोजना गर्न दिएको थियो। "हामीलाई भन कि ठाउँ भरेमा तुरुन्तै राजीनामा गर्नेछौं," पीएमएल-एनका सिनेटका परवेज रशीदले मन्त्रीलाई सोधे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ