arrow

शरणार्थीकारुपमा भित्रिएका मुस्लिम फ्रान्सको लागि टाउको दुखाई, म्योक्रोनले उठाए गम्भीर कदम

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
emmanuel-macron.jpg

काठमाडौं । फ्रान्समा कट्टरपन्थी इस्लामीक समुह संलग्न अपराधिक घटनाहरु बढ्दै गएका छन् । पछिल्ला केही वर्षमा इस्लामीक कट्टरपन्थीहरुबाट भएका अपराधिक घटनाहरुले फ्रान्सलाई मुस्लिम समुदायप्रति सशंकित बनाइरहेको छ ।यसैबीच फ्रान्सले कट्टरपन्थी इस्लामीक समुहलाई निशाना नै बनाएको छ । तर, फ्रान्सको यो कदमविरुद्ध इस्लामीक विश्व खडा भएको छ ।

दक्षिणपूर्वी पेरिसको प्यान्टिनमा अवस्थित एक मस्जिद फ्रान्सेली अधिकारीहरुले बन्द गरिदिएका छन् । उक्त मस्जिदको गेटमा इस्लामीक गतिविधिमा संलग्न रहेको भन्दै बन्द गरिएको नोटिस लगाइएको छ । फ्रान्समा मुस्लीम समुदाय विशेष गरी सुन्नी सम्प्रदायको वाहुल्यता बढ्दै गएको छ । बसाइसराई गरेर तथा शरणार्थीका रुपमा आएका र धार्मीक समुह परिवर्तन गरेकाहरुबाट फ्रान्समा मुस्लिम समुदयाको उत्पत्ति भएको थियो । उत्तर पश्चिमी अफ्रिका, पश्चिमी अफ्रिका र मध्यपूर्वका देशहरुबाट फ्रान्समा मुस्लिमहरु बसाइ सरेको मानिन्छ । फ्रान्समा अहिले झण्डै आधाकरोड भन्दा बढी करिब १० प्रतिशत जनसंख्या मुस्लिमको रहेको छ ।

क्रिश्चियन समुदायको तुलनामा मुस्लिम अझ कट्टरपन्थी मुस्लिम समुदायको जन्मदर निकै बढी छ, यसले छिट्टै नै फ्रान्समा मुस्लिम बाहुल्यता बढ्दै जाने संकेत गर्छ । यसरी बढ्दो मुस्लिम जनसंख्याले इस्लामीक आतंकीत घटनाहरु बढाउने डर समेत फ्रान्सलाई रहेको छ । गत १६ अक्टोबरका दिन एक माध्यमिक स्कुलका शिक्षक शमुएल पाटीको हत्या भएपछि पछिल्लो समय फ्रान्समा इस्लामीक कट्टरपन्थीविरुद्ध सरकारले नै कदम चालेको छ । शिक्षक पाटीले स्वतन्त्रताको अभिव्यक्तीको रुपमा कक्षामा इस्लामीक धर्मका संस्थापक मोहम्मदको कार्टुन देखाएका थिए । यसैकारण आफ्ना धर्मगुरुको अपमान गरेको भन्दै चेचेन्याबाट शरणार्थीका रुपमा आएको मुस्लिम परिवारको सदस्य अब्दुल्लख अबुएडोविच अन्जरोव नाम गरेका एक १८ वर्षीय मुस्लीम युवकले ती शिक्षकको घाटी रेटेर हत्या गरेका थिए । त्यसको लगत्तै ती युवकलाई प्रहरीले इन्काउण्टरमा मारेको थियो । मुस्लिम कट्टरपन्थी समुदायबाट भएको यो घटना पछिल्ला वर्षमा बढीरहेका घटनामध्येकै एक हो ।

प्रधानमन्त्री म्याक्रोनले उक्त कार्टुन देखाएको विषयलाई स्विकार र सामान्य लिँदै अहिले कट्टरपन्थी मुस्लिमहरुलाई निशाना बनाएका छन् । तर, टर्की, पाकिस्तान एवं मध्यपूर्वको इस्लामीक विश्वले फ्रान्सको विरोध गरिरहेको छ । फ्रान्सले मुस्लिमविरुद्ध कदम चाल्दा टर्कीलगायतबाट बाइकट फ्रान्सेली सामान भन्दै अभियान सुरु भएको छ । यसले युरासियन, मध्यपूर्व र इस्लामीक विश्वमा अहिले तरंग मच्चाएको छ। यसरी शरणार्थीका रुपमा फ्रान्स भित्रिएका मुस्लिम समुदाय अहिले फ्रान्सकै लागि भयानक खतराका रुपमा खडा हुन थालेको छ । यो क्रिश्चियन विश्वका लागि ठूलो डरको विषय पनि हुनजान्छ ।

पूर्णरुपमा क्रिश्चियन देशका रुपमा रहेको फ्रान्समा सन् १९५० ताका मुस्लिमको जनसंख्या पुगनपुग १ लाख थियो । तर, पछिल्ला ७० वर्षमा उक्त जनसंख्या करिब ६० लाख पुगेको छ । मुस्लिम समुदायमा जन्मदर निकै बढी रहेको छ । यसरी नै मुस्लिम बाहुल्यता बढ्दै जाने हो, भने यसले निकट भविष्यमै फ्रान्स एक नयाँ इस्लामीक केन्द्र बन्न सक्छ । भविष्यको संकटलाई नजरअन्दाज गर्दै अहिले नै म्याक्रोनले इस्लामीक कट्टरपन्थीविरुद्ध युद्ध छेडिदिएका छन् । उनले सार्वजनिक रुपमा नै फ्रान्समा कट्टरपन्थी इस्लामिकहरुका लागि कुनै ठाउँ नभएको बताएका छन् ।

तर, टर्कीसँगै पाकिस्तानले समेत फ्रान्सविरुद्ध इस्लामिक विश्वलाई भड्काइरहेको छ । कट्टरपन्थी घटनाहरुलाई बढावा दिन खोज्ने पाकिस्तान टर्कीसँगै मिलेर फ्रान्सले चालिरहेको कदमविरुद्ध बोलिरहेको छ । टर्कीले भने, फ्रान्सको सामान प्रयोग गर्नमै रोक लगाउने कदम चालेको छ । यसरी अहिले फ्रान्सलाई शरणार्थीका रुपमा भित्र्याइएका मुस्लिम समुदायले संकटको घेरामा पुर्याइदिएका छन् । यतिबेला, इस्लामिक कट्टरपन्थीको नियन्त्रण, मध्यपूर्वसँगको कुटनीतिक सन्तुलन एवं मुस्लिम बाहुल्यता कम गर्नका लागि फ्रान्सलाई कडा रणनीतिक कदम चाल्नुपर्ने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ