arrow

मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
mexico-map.png

मेक्सिको सिटी। मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख पुगेको छ। कोरोना संक्रमणबाट मेक्सिकोमा ८९ हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ६४३ जनाको मृत्यु भएको र पाँच हजार ९४२ नयाँ व्यक्तिमा संक्रमण भेट्टिएको मेक्सिकोका स्वास्थ्य मन्त्रालयका महामारी विभागमा निर्देशक जोसे लुइस अलोमियाले एक पत्रकार सम्मेलनमा बताएका छन्।

मेक्सिकोमा ९ लाख १ हजार २६८ व्यक्ति कोरोना संक्रमित भएका र यस संक्रमणबाट ८९ हजार ८१४ जनाको मृत्यु भएको जनाइएको छ। हाल ५२ हजार ४२८ जना कोरोना भए नभएको परिक्षण गराई परिणामको पर्खाईमा रहेका जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ