arrow

हुम्लाको नाम्खामा बुधवारबाट पढाइ सुरु

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ कार्तिक १२ बुधबार
humla-namkha-school.jpg

हुम्ला। हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका सबै विद्यालयमा बुधबारदेखि पठनपाठन सुरु भएको छ। बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण ७ महिनादेखि बिद्यालय बन्द थिए । कोभिडलाई देखाएर नाम्खा गाउपालिका भित्रका सम्पुर्ण बिद्यार्थीहरुको पठनपाठन अबरुद्ध थियो तर अहिलेसम्म नाम्खा गाउँपालिकामा संक्रमितको संख्या शून्य थियो। नाम्खा गाउँपालिका ग्रीन जोनमा रहेकाले गाउँपालिकाको कार्यपालिकाले पालिकाभित्र संचालित सम्पुर्ण सामुदायिक तथा नीजि बिद्यालयहरु खोल्ने निर्णय गरिएको नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङ्गले बताए । 

कोरोना कहरमा अरु बिद्यालय बन्द भएपनि गाउँपालिकाकै वडा नं. ६ लिमीमा रहेका तीनवटा विद्यालयमा भने पठनपाठन सुचारु भएको हो । सरोकारवालासँग छलफल गरी विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष तामाङले बताए ।नाम्खा गाउपालिका भित्र १६ वटा सामुदायिक विद्यालय र एक धार्मिक विद्यालय (गुम्बा) मा गरि १ हजार ६० विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकामा कोरोनाको जोखिम नरहेको र विद्यार्थीको पढाइ पनि बिथोलिएकाले दसैं–तिहारको बीचमा पनि अध्ययन सुरु गरिएको उनले बताए । कोरोनाको त्रासले पढाइ लथालिङ भएको छ, त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो, अब कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ । अन्य पालिकाबाट बिद्यालयमा अध्यययन गर्न आउने बिद्यार्थीहरुको पीसीआर परिक्षण गरिने र अन्य बिद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरिएको माहाबौद्ध माबिका निमित्त प्रानाध्यापक लक्षमण थापाले बताए ।

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गमा रहेको महाबौद्ध माबि आवासीय विद्यालय भएकाले उक्त बिद्यालयमा अन्य पालिकाबाट पनि बिद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् । यस बर्षको शैक्षिक सत्र सकिन अब ३ महिना मात्र बाँकी छ । बिद्यार्थीहरुले पढ्न पाएका छैनन । बिद्यार्थीको पढाई सुचारु गर्नु आबश्यक छ यसैल सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा पनि कात्तिक १८ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णय गरेको मानसरोवर माविका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । 

विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सेनिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकता अनुसार विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गर्ने प्रधानाध्यापक शाहीले बताए । मानसरोवर माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाइ हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ