भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित छ लाखमा घटे

प्रकाशित मिति : २०७७ कार्तिक १३ बिहिबार
तस्वीर– अहमदाबादकी एक मिठाइ पसलकी मालिक कोरोनाका कारण प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराका लागि माग भएको बताउँछिन् ।

काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरु घटेका छन् । संक्रमितहरु घटेर छ लाखमा सीमित भएका छ । एक महिनाअघिसम्म १० लाख २० हजार सक्रिय संक्रमित रहेका अवस्था अहिले आएर ४ लाख २० हजारले घटेका छन् । 

हाल सक्रिय संक्रमितको संखया ६ लाख १ हजार ८८० जना रहेका छन् । बुधबार ४९ जार ६६० जना संक्रमित थपिएका छन् । भारतमा संक्रमित हुनेको संख्या ८० लाख ३८ हजार ७६५ जना पुगेको छ । 

कोरोनामुक्त हुनेको संख्या बुधबार ५७ हजार ५०६ जना रहेका छन् । अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना कोरोनामुक्त भएका छन् । 

बुधबार ५०८ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख २० हजार ५६३ जनाको ज्यान गएको छ । 

सम्बन्धित समाचार

नयाँ