arrow

मन्त्री स्मृति ईरानीलाई कोरोना भाइरस

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
smriti-irani.jpg

काठमाडौं । भारतीय केन्द्रीय मन्त्री स्मृति इरानीलाई कोरोना भाइरस लागेको छ । टेक्सटाइल मन्त्री ईरानीले आफूलाई कोरोना लागेको र जो उनको सम्पर्कमा रहेका थिए उनीहरुलाई तत्काल आफ्नो परीक्षण गराउन पनि अपील गरेकी छिन् । 

उनले ट्वीटरमा ट्वीट गर्दै लेखेकी छिन्, ‘घोषणा गर्ने समय शब्द खोज्नु मेरो लागि कठिन भएको छ । यसकारण यहाँ म सजिलो शब्दले भनिरहेकी छु । मेरो कोरोना पोजेटिभ आएको छ । जो मेरो सम्पर्कमा आउनु भयो उहाँहरुलाई तत्काल आफ्नो परीक्षण गराउन अपील गर्छु ।’ यो ट्वीट उनले बुधबार साँझ ६ः४३ बजे पोष्ट गरेकी थिइन् । 

भारतमा कोरोना भाइरसका सक्रिय संक्रमितहरु घटेका छन् । संक्रमितहरु घटेर छ लाखमा सीमित भएका छ । एक महिनाअघिसम्म १० लाख २० हजार सक्रिय संक्रमित रहेका अवस्था अहिले आएर ४ लाख २० हजारले घटेका छन् । 

हाल सक्रिय संक्रमितको संखया ६ लाख १ हजार ८८० जना रहेका छन् । बुधबार ४९ जार ६६० जना संक्रमित थपिएका छन् । भारतमा संक्रमित हुनेको संख्या ८० लाख ३८ हजार ७६५ जना पुगेको छ । 

कोरोनामुक्त हुनेको संख्या बुधबार ५७ हजार ५०६ जना रहेका छन् । अहिलेसम्म ७३ लाख १४ हजार ९५१ जना कोरोनामुक्त भएका छन् । 

बुधबार ५०८ जनाको ज्यान गएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख २० हजार ५६३ जनाको ज्यान गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ