arrow

टर्की र पाकिस्तानको एण्टी फ्रान्स अभियान बिरुद्ध उभियो भारत

ऐक्यबद्धताका लागि भारतलाई फ्रान्सले प्रकट गर्‍यो आभार

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
Marine-Le-Pen.jpg

काठमाडौं । फ्रान्सको नेशनल रेली पार्टीकी अध्यक्ष एवं संसद सदस्य मरिन ले पेनले भारतलाई धन्यवाद दिएकी छन् । टर्की र पाकिस्तातनले चलाएको एन्टी फ्रान्स मुभमेन्टकाविरुद्ध भारतले सहयोग गरेकोमा धन्यवाद दिँदै उनले ट्विट गरेकी हुन् ।

पछिल्ला दिनहरुमा टर्की, पाकिस्तानलगायतका इस्लामीक मुलुकहरुले फ्रान्सविरोधी आन्दोलन सुरु गरेका छन् । फ्रान्समा एक शिक्षकले कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाइएको विषयलाई लिएर उनको मुस्लिम अतिवादी एक युवकले हत्या गरेको थियो । सो घटना लगत्तै फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनले मुस्लिम अतिवादीहरु बिरुद्ध कार्वाही थालेका थिए। 

मुस्लिम अतिवाद बिरुद्ध फ्रान्सले कदम चालेसँगै टर्की पाकिस्तान लगायतका देशहरु फ्रान्स बिरुद्ध उत्रिएका हुन्। उनीहरुले फ्रान्सेली सामान बहिष्कारको अभियान समेत चलाएका छन् । फ्रान्सको कदम बिरुद्ध पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मुस्लिम राष्ट्रहरुलाई पत्र लेख्दै फ्रान्स बिरुद्ध एकजुट हुन आह्वान गरेका थिए । विभिन्न मुस्लिम देशहरुले फ्रान्सको सामान नै आयात नगर्नेलगायतका गम्भीरु कदम चालेका छन् ।

मुस्लिम समुदाय फ्रान्स बिरुद्ध उभिएपनि भारतले भने फ्रान्सलाई आफ्नो पुरै समर्थन दिएको छ । भारत र फ्रान्सबीच रक्षा साझेदारी हुँदै आएको छ । मुस्लिम आतंकवाद बिरुद्ध कडा रुपमा प्रस्तुत भएको फ्रान्सका पक्षमा उभिएको भन्दै फ्रान्सका राजनीतिक दलका नेताहरुले भारतको उच्च प्रशंसा गरेका छन् । यस्तै प्रशंसा गर्ने ले पेनले एक हुन । उनले भारतको सहयोगको लागि धन्यवाद भन्दै ट्विट गरेकी हुन् । उनीबाहेक फ्रान्सका अन्य राजनीतिज्ञहरुले समेत भारतलाई धन्यवाद दिएका छन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ