arrow

पैगम्बर मोहम्मदको तस्विर चिनियाँ टिभी सिरिजमा 

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
mohammad-photo.jpg

काठमाडौं । मुस्लिम धर्मका संस्थापक पैगम्बर मोहम्मदको कार्टुन देखाएकै कारण अहिले फ्रान्सको मुस्लिम देशहरुले विरोध गरिरहेका छन् । यसैबीच चिनियाँ राज्य सञ्चालित सीसीटीभीले एक टिभी सिरिजमा पैगम्बर मोहम्मदको तस्बिर देखाएको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ ।

चिनियाँ टिभी सिरिजमा मोहम्मदको तस्बिर देखाएको कुराले फ्रान्सपछि अब चीनविरुद्ध मुस्लिम देशहरुले बहिष्कार अभियान चलाउन सक्ने सम्भावना बढेको मुस्लिम धार्मिक मामिलाका जानकाहरुले जनाएका छन् । सामाजिक सञ्जालमा उक्त भिडियो सेयर गर्दै मानिसहरुले अब, चीनविरुद्ध बहिष्कार अभियान चलाउँने हो कि भन्दै मुस्लिम देशका नेताहरुलाई प्रश्न गरेका छन् ।

केही दिन अघि फ्रान्समा एक माध्यमिक स्कुलमा पैगम्बर मोहम्मदको कार्टुन देखाएको आरोपमा सोही कक्षाका एक १८ वर्षीय मुस्लीम युवकले शिक्षकको हत्या गरेको थियो । प्रहरीले केहीबेरमा ती युवकको पनि इन्काउण्टर गरेको थियो । यो घटनापछि फ्रान्सले कट्टरपन्थी मुस्लिम बिरुद्ध अभियान चालेको थियो । यसको विपक्षमा पाकिस्तान र टर्कीलगायत अन्य मुस्लिम देशहरुले बिरोध गर्दै फ्रान्समा उत्पादित सामान प्रयोग नगर्ने चेतावनी दिइरहेका छन् ।

यसबीच चिनियाँ राष्ट्रिय टेलिभिजन सिरिजमा मोहम्मदको तस्बिर देखाइएपछि अहिले मुस्लिम समुदायका नेटिजन (इन्टरनेट युजर)हरुले चीन बहिष्कार अभियान सुरु गर्नुपर्ने चेतावनी दिन थालेका छन् । उक्त भिडियो अहिले चौतर्फी रुपमा भाइरल हुँदै गएको छ ।

खासमा मोहम्मदको तस्बिर सार्वजनिक गरिँदैन । पैगम्बर मोहम्मदको तस्बिर गोप्यमा रुपमा हेर्नुपर्ने मुस्लिम धारणा रहेको मानिन्छ । तर, चिनियाँ टेलिभिजनले यसरी सार्वजनिक गरेसँगै अहिले मुस्लिम देशहरुले चीन बहिष्कार अभियान चलाउने सम्भावना बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ