arrow

रुसमा एकैदिन झण्डै अठार हजार संक्रमित

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
corona-russia1.jpg

मस्को । रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना संक्रमित भएका थिए । 

रुसमा बिहीबारसम्म कुल संक्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना संक्रमित भएका थिए । 

अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ