arrow

दशैंँ मान्न घर आएका अपराधी पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
pakrau-jail.jpg

बलेवा । जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई बिहिबार पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायँ सुनाएका बागलुङ नगरपालिका वडा नं २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । 

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ । 

उनलाई बिहीबार नै जिल्ला अदालत पेश गरिएको छ । दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा ४८०  प्रतिवादी फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ