arrow

आक्रमणको डरले हतारमा भारतीय सैन्य कमाण्डर बुझाइएको पाकिस्तानी सांसदको भनाई

भारतको नाम लिएर पाकिस्तानको संसदमा पोल खोलाखोल

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
iaf-pilot-abhinandan.jpg

काठमाडौं । पाकिस्तानी संसदमा भारतको विषयलाई लिएर सत्ताधारी र विपक्षी दलबीच हंगामा भएको छ । पछिल्लो समय पाकिस्तानी संसदमा भारतीय हवाई सेनाको वीङ्ग कमाण्डर अभिनन्दनलाई छुटाउन भारतले आक्रमणको तयारी गरेको बिषयले कसरी अभिनन्दन बर्थमनको रिहाई भएको थियो भन्ने बारेमा पाकिस्तानी संसदमा सांसदहरुबीच पोल खोलाखोल भएको छ। यसले पाकिस्तानी सरकार र सेनाले भने लजाउने अवस्था सिर्जना भएको छ।

भारत र पाकिस्ता तनावकै बीच पाकिस्तानको हवाई क्षेत्रमा आक्रमणका लागि पुगेका कमाण्डर अभिनन्दनको फाइटर जेट दुर्घटनामा परि उनी पाकिस्तानमा पक्राउ परेका थिए । उनी पाकिस्तानमा पक्राउ परे लगत्तै भारतले उनको रिहाईको लागि पाकिस्तानलाई दवाव बढाएको थियो। सेना उच्च सतर्क हालतमा राखिएको थियो। रिहाई गर्न ढीलाई गरिएको भइ त्यसै रातको ९ वजे आक्रमणको तयारी रहेको जानकारी सेनाले गराएको थियो । यहि जानकारी पाकिस्तानी संसदका पूर्व सभामुख पाकिस्तानी विपक्षी दल मुस्लीम लिग नवाजका नेता सरदार अयाज सदिकले भारतले पाकिस्तानी संसदमा राखेका थिए। उनको यो अभिव्यक्तिले पाकिस्तानको सरकार र सेना पुरै रक्षात्मक भएको छ। भारतले पाकिस्तानमाथि आक्रमण गर्ने चेतावनी दिएसँगै पाकिस्तानले अभिनन्दनको तत्काल रिहाइ गरेको कुरा संसदमा राखेसँगै त्यहाँको सेनाको हैसियत पनि प्रष्ट भएको स्वयं पाकिस्तानका विपषी दलका नेताहरुले बताएका छन् । 

यसबाहेक पाकिस्तानी संसदमा बुधबार मात्रै विदेशमन्त्री कुरेशीले विपक्षी दलका नेताहरुलाई स्वतन्त्र बलुचिस्तानको पक्षमा उभिएको आरोप लगाएका छन् । आन्तरिक राजनीतिक खिचातानीका बीच पाकिस्तानी सरकार र त्यहाँको प्रमुख प्रतिपक्षी मुस्लिम लिग र पीपीपी राष्ट्रिय मुद्धामा पनि एक नभइ एक अर्काको पोल खोलाखोलमा लागेका छन् । दुवै पक्षबीच विवादको अवस्था बढ्दै जाँदा संसदमा नै एक अर्काका एजेण्डाहरुको पोल खुल्ने गरेको पाइएको छ । यसैको प्रतिविम्ब विदेशमन्त्री कुरेशीको सम्बोधनमा पनि देखिने गरेको छ। बलुचिस्तानको स्वतन्त्राका लागि आवाज उठाउने एजेण्डामा मुस्लीम लिग सहितका विपक्षी दलका नेताहरु लागेको उनले स्पष्ट संकेत गरेका छन् । 

संसदमा बोलेको एक भिडियो उनले भनेका छन्, आज बलुचिस्तानमा खडा भएर यिनीहरुको प्लेटमर्फमबाट स्वत्नत्र बलुचिस्तानको नारा लागेको छ, मलाई लाग्छ नरेन्द्र मोदी यिनमा समेटिएका छन् ।’ यसबाहेक पाकिस्तानी प्रतिपक्षीले विभिन्न मुद्दामा भारतसँग निकट झै देखिने गरेको छ भने, सत्ताधारी इमरान खानको दलले चिनियाँ पक्ष लिने गरेको छ । यसो हुँदा दुवै शक्तिबीच एजेण्डात्मक संघर्ष हुने गरेको छ, र यो शक्ति संघर्ष पन्छिन नपाउँदै संसदबाट नेताहरुको आवेग बाहिरिने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ