arrow

पाकिस्तानको क्रूरताविरुद्ध कालो दिवस मनाउँदै काश्‍मिरमा प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
Kashmir-BlackDay-Poster.jpg

श्रीनगर । भारतको जम्मु काश्मिरमा अक्टोबर २२ लाई कालो दिनको रुपमा मनाउने गरिन्छ । यस वर्ष पनि जम्मु काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरका स्थानीयहरूले अक्टोबर २२ लाई कालो दिवसको रूपमा मनाउने क्रममा सन् १९४७ को पाकिस्तानी ज्यादती, हत्या, बलात्कार र लूटपाटजस्ता जघन्य र क्रूर अपराधको विरोध गर्दै होर्डिङहरु लगाएका छन् । पाकिस्तानले अझै पनि धर्म र जातीका नाममा जम्मु काश्‍मिरमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेका बेला स्थानीयहरु आफैं जागेर पाकिस्तानविरुद्ध खनिएका छन् ।  

भारतको केन्द्र प्रशासित राज्य बनेपछि काश्मिर र पाकिस्तानी जनताबीचको लगाव र कथित निकटताका कारण अन्तर्राष्ट्रय मञ्‍चहरुमा भारतलाई अप्ठ्यारोमा पारेको थियो । तर, पछिल्ला घटनाहरुले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको लागि तनाव कम भएको सामरिक महत्वका विश्लेषकहरुले बताएका छन् । 

अक्टोबर २२ लाई कालो दिनका रूपमा सम्झनका लागि होर्डिङहरु श्रीनगरमा जताततै देखिएका छन् । पाकिस्तानको गठन र बेलायती शासनबाट भारतको स्वतन्त्रताको केही दिनमै मुस्लिम बहुल जम्मू-कश्मीरका हिन्दू डोगरा शासक, महाराजा हरि सिंह कुनै पनि अधिराज्यमा सामेल हुन उत्सुक थिएनन् ।

१२ अगस्त १९४७ मा उनले भारत र तत्कालीन प्रस्तावित पाकिस्तानको भूमिबीच स्थायी सम्झौताको खोजी गरेका थिए । उनले दुबैलाई भने कि "जम्मू-कश्मीर सरकारले भारत / पाकिस्तान संघसँग विगत ब्रिटिश सरकारसँगको व्यवस्था रहेको सबै विषयहरूमा स्थायी सम्झौताको स्वागत गर्दछ ।" यद्यपि, सदाझैँ पाकिस्तानले हस्ताक्षर गरेको १२ दिनपछि नै सम्झौताको उल्लंघन गरेको थियो । 

अगस्त २४ मा मुस्लिम बाहुल्य राष्ट्र पाकिस्तालने महाराजा हरिसिंहलाई यस्तो पत्र पठाएर धम्की दियो कि “अब कश्मीरका महाराजालाई आफ्नो रोजाइ फिर्ता लिने र पाकिस्तान छान्‍ने समय आएको छ । यदि काश्मिर पाकिस्तानमा सम्मिलित हुन सकेन भने समस्या हुनेछ ।"

पाकिस्तानले जम्मू काश्मीर क्षेत्र सम्भवतः भारतको एक भाग हुनेछ भन्ने कुरामा विश्वस्त भएपछि पाकिस्तानले शक्ति प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसपछि पाकिस्तानले आक्रमण सुरु गरेको थियो । सीमा क्षेत्रमा गाउँमा लुटपाट र बलात्कारजस्तो जघन्य अपराधहरु सुरु गरेको थियो । उनीहरुलाई जबरजस्ती काश्‍मीरविरुद्ध लड्न उक्साइएको थियो । 

 "पाकिस्तानी सेनाले त्यस्ता सशस्त्र लश्करको साथमा पठान मेजर, क्याप्टेन र नियमित पाकिस्तानी सेनाका दश जेसीओलाई अधीनमा राख्यो र यी सेनाका नियामकहरूले लश्करका अन्य पठानहरुमा तैनाथ गर्‍यो । सम्पूर्ण सेनाको नेतृत्व मेजर जनरल अकबर खानले गरेका थिए ।" यहि सययमा पाकिस्तानी सेनार उनीहरुको सहयोगी मिलिसियाहरुको दमनको बिरुद्ध अहिले पनि काश्मिरमा कालो दिन मनाइने गरिदै आएको छ। विश्वका विभिन्न देशमा रहेका काश्मिरीहरुले पनि आआफ्नो ठाउँमै रहेर कालो दिविस मनाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ