arrow

मुस्लिम आतंकवादबाट युरोप र दक्षिण एसिया एकैपटक प्रभावित

मुस्लिम आतंकवादीबाट फ्रान्समा ३ र काश्मिरमा ३ मारिए

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
france-security1.jpg

काठमाडौं । केही दिनअघि कट्टरपन्थी मुस्लिम समुदायका एक १८ बर्षिय युवकले फ्रान्समा माध्यमिक विद्यालयको शिक्षकको हत्या गरे । हत्या गर्नुको कारण थियो, उनको कक्षामा मुस्लिम धर्मका संस्थापक पैगम्बर मोहम्मदको कार्टुन देखाइनु।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उक्त कार्टुन देखाउन पाउनु स्वभाविक रहेको भन्दै कट्टरपन्थी इस्लामीकहरु विरुद्ध कडा कदम चाल्ने घोषणा गरेका छन् । हुन पनि, कक्षामा एक शिक्षकले मोहम्मदको कार्टुन देखाउनु यति गम्भीर कुरा हैन्, तर कट्टरपन्थी मुस्लिम समुदायका लागि हो पनि ।

यसरी फ्रान्समा मुस्लिम कट्टरता विरोधी अभियान चलेसँगै पूरै मुस्लिम विश्व फ्रान्सविरुद्ध उभिएको छ। पाकिस्तान र टर्कीले आफ्नो रणनीतिक फाइदाका लागि सानो कुरामा मुस्लिम विश्लाई भड्काइदिएको छ । यसको असर युरोपमा मात्रै हैन्, दक्षिण एसियासम्म पुगेको छ । फ्रान्सविरुद्ध आक्रामक रुपमा मुस्लिम विश्व एक भएसँगै विश्व शक्ति अमेरिका मात्रै हैन्, भारतले समेत फ्रान्सको पक्षमा समर्थन जनाएको छ।

कसरी पर्याे दक्षिण एसियामा असर ?
अक्टोबर २९ बिहीबारका दिन फ्रान्सको चर्चमा इस्लामीक आतंवादीबाट भएको चक्कु आक्रमणमा परेर ३ जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि आक्रमणकारीका रुपमा २१ वर्षीय ब्राहिम अउसाउइ पक्राउ परेका छन् । यो आतंकवादी घटनाको निन्दा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो अक्टोबर २९मा बेलुका पौने ८ बजेतिर ट्विट गरेका थिए ।एकदुईदिन अघिबाट नै फ्रान्सको पक्षमा भारतले समर्थन गरेका समाचार बाहिर आइरहँदा रुस्ट बनेको मानिने छिमेकी पाकिस्तान फ्रान्सको विरुद्ध थियो ।

मोदीले फ्रान्सको आतंककारी घटनाको निन्दा गर्दै ट्विट गरेको करिब ४ घण्टापछि उनले जम्मुकश्मीरको कुलगम जिल्ला भारतीय जनता पार्टी बिजेपीका तीन कार्यकर्ता आतंकवादी हमलामा मारिएको घटनाप्रति दुख व्यक्त गर्दै अर्काे ट्विट गरे ।फ्रान्सको चर्च आक्रमण र कश्मीरमा बीजेपीका कार्यकर्ता एउटै किसिमको आतंकवादी हमलामा एउटै समयक्रममा मारिनुले मुस्लिम आतंकले युरोपदेखि दक्षिण एसियासम्म प्रभाव पारेको देखिएको छ ।

फ्रान्सलाई अमेरिकी तथा भारतको समर्थन 
फ्रान्सको नाइसस्थित चर्चमा भएको आतंकवादी हमलाको विरोध गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको समर्थन गरेका छन् । उनले कुनै पनि देशमा भइरहेका कट्टरपन्थी इस्लामीक घटनाहरु तुरुन्तै रोक्नुपर्ने र आफ्नो सबैभन्दा पूरानो मित्र फ्रान्सको पक्षमा अमेरिका रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपतिप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सहानुभूती प्रकट गरेका थिए । भारतीय विदेश मन्त्रालय पनि फ्रान्सको पक्षमा उभिएको थियो। 

कसले भड्काइ रहेको छ, इस्लामीक विश्वलाई ?
सबै इस्लामीक धर्मालम्वीहरु गलत नभएपनि आफ्नो राजनीतिक र रणनीतिक स्वार्थपूर्तीका लागि केही मुस्लिम देशहरुले पूरै मुस्लिम विश्वलाई आतंकित बनाइरहेको आरोप लागेको छ । आखिर मुस्लिम फासिवादलाई बढावा दिन को सक्रिय छ भन्ने प्रश्न पनि उठेको छ। यसको सबैभन्दा महत्वपूर्ण उदाहरण टर्कीका राष्ट्रपति रेशप ताइप एर्दाेगनलाई लिने गरिएको छ। अरब विश्वमै विवादित रहेका र आफुलाई इस्लामीक विश्वको खलिफाका रुपमा स्थापित गर्न खोजिरहेका एर्दाेगनले मुस्लिम समुदायलाई भड्काएर अहिले फ्रान्सविरोधी आन्दोलन चलाइरहेको देखिन्छ। यसबाहेक पाकिस्तानले समेत मुस्लिम समुदायलाई आफ्नो रणनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रयास गरिरहेको छ। उसले सबै मुस्लिम देशहरुलाई पत्र पठाउँदै फ्रान्स बिरुद्ध उभिन आह्वान गरेको छ। 

मुस्लिम समुदाय आफैमा कट्टरपन्थी नभएपनि धार्मिक तथा राजनीतिक नेतृत्वले रणनीतिक स्वार्थको लागि कट्टर बनाउँदै गएको छ। धार्मिक रुपमा कट्टर रहेका मुलुकहरुले आफ्ना राजनीतिक एजेण्डा पूरा गर्नका लागि कुनै माध्यमबाट मुस्लिम युवाहरुलाई प्रयोग गर्ने गरेको पाइन्छ । यसको उदाहरण मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद हुन् । पूर्व प्रधानमन्त्री जस्तो व्यक्तित्वले फ्रान्समा भएको आतंकवादी हमलापछि फ्रान्सेली नागरिकको हत्या गर्ने अधिकार मुस्लिमहरुलाई रहेको’ टिप्पणी गरेका थिए । उनले, ट्विटरमा भनेका थिए, फ्रान्सले आफ्नो इतिहासका क्रममा लाखौं मानिसहरुको हत्या गरेको थियो र जसमा मुस्लिमहरु पनि थिए । यसकारण लाखौं फ्रान्सका नागरिकहरुको हत्या गर्ने अधिकार मुस्लिमहरुलाई छ ।’

पूर्वप्रधानमन्त्री महाथीरको यो ट्विटलाई अफेन्सिभ भन्दै ट्विटरले हटाइदिएको छ । यसरी मुस्लिम विश्वलाई परिचालित गरेर यस्ता मुलुक र व्यक्तित्वहरुले आफ्नो स्वार्थपूर्तीका लागि प्रयोग गरिरहेका छन् । जसले युरोप मात्रै हैन्, दक्षिण एसिया र अन्य विश्वलाई प्रभावित बनाएको छ । यसकारण कट्टरपन्थी मुस्लिम अर्थात मुस्लिम फासिवाद विरुद्ध कदम चाल्न विश्व बाध्य भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ