arrow

विवादग्रस्त क्षेत्रमा क्षेप्यास्त्र नहानेको अजरबैजानको भनाई

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
armenia-ajairbaijan.jpg

बाकु । अजरबैजानको रक्षा मन्त्रालयले अजरबैजान र अर्मेनियाबीचको विवादग्रस्त क्षेत्रमा क्षेप्यास्त्र नहानेको स्पष्ट गरेको छ । यी दुई देशबीचको विवादास्पद क्षेत्र काराबाखमा अजरबैजानको सेनाले हवाई आक्रमण गरेको र शक्तिशाली क्षेप्यास्त्र हानेको बताइएको थियो ।

तर त्यसको अजरबैजानले विरोध गरेको छ । यी दुई देशका बीचमा हालै मात्र नयाँ युद्धबिराम भएको थियो । तर सो युद्धविराम पनि पालना नभएको बताइएको छ । यी दुई देशबीचमा युद्धविरामका विषयमा गएको आइतबार मात्र नयाँ खालको सहमति भएको बताइएको थियो । 

आइतबार मध्यरातिदेखि युद्धविरामको सम्झौता भएको बताइए पनि त्यसको पालना हुन नसकेको गुनासो आएको छ ।

यसअघि पनि यी दुई देशकाबीचमा जारी द्धन्द्धको युद्धविराम गर्ने सहमति भएको थियो । केही हप्ता अघि रुसी राजधानी मस्कोमा भएको युद्धबिरामको सहमतिको पालना नभएपछि अमेरिकी मध्यस्थतामा पछिल्लो युद्धविरामको सहमति भएको थियो ।

तर दुई देशका बीचमा पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएपछि आक्रमण जारी रहेको बताइएको छ ।नोगोर्नो काराबाख क्षेत्रलाई आफ्नो दाबी गर्दै दुवै देशले अडान नछोडेपछि पछिल्लो समयमा यी दुई देशबीच काराबाख क्षेत्रमा युद्ध बढ्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ