arrow

पृथ्वीको अर्थतन्त्रभन्दा कैयौं गुणा मूल्यवान क्षुद्रग्रह भेटियो

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
asteroid-16-psyche.jpg

काठमाडौं । यो ब्रह्माण्ड यति धेरै ठूलो छ कि यसको कुनै नापतौल नै गर्न सकिदैन । यसबीच वैज्ञानीकहरुले पूरै पृथ्वीको अर्थतन्त्र भन्दा धेरै बढी मुल्य पर्ने एक एस्ट्रोइड (क्षुद्रग्रह) फेला पारेको छन् । जसको मूल्य १० हजार पद्य डलर अर्थात १ को पछाडि १९ शुन्य थप्दा हुने संख्या बराबर अनुमान गरिएको छ ।

१६ साइक नाम दिइएको यो क्षुद्रग्रह मंगल र बृहस्पती ग्रहको बीचमा रहेर सुर्यको परिक्रमा गर्छ । यस हप्ता सार्वजनिक भएको एक अध्ययनले यो क्षुद्रग्रह फलाम र निकेल धातुले बनेको उल्लेख गरेको छ । उक्त अध्ययनका प्रमुख खोजकर्तामध्येका एक एवं दक्षिणपश्चिम अनुसन्धान संस्थानका ट्रेसी बेकरले यो पूर्णरुपमा नयाँ किसिमको क्षुद्रग्रह भएको बताएका छन् ।

नासाको हबल टेलिस्कोपको प्रयोगबाट यो क्षुद्रग्रहबारे गरिएको अध्ययन प्लानेटरी साइन्स जर्नलमा प्रकाशित भएको छ । यससँगै नासाले अब, यो क्षुद्रग्रहको सतहको बारेमा अध्ययनका लागि एक नयाँ एयरक्राफ्ट पठाउने तयारी गरेको छ ।

सन् २०२२ मा प्रक्षेपण गर्ने र सन् २०२६ मा यो क्षुद्रग्रहको नजिक उक्त एयरक्राफ्ट पुग्नेछ । सौर्यमण्डलमा धातुजन्य क्षुद्रग्रहहरु दुर्लभ मानिन्छन् । तर यो क्षुद्रग्रहले नयाँ अवसर दिएको अध्ययनकर्ताहरुले बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ