arrow

पाकिस्तानी आदिबासीको आक्रमणबाट काश्मिरीहरुलाई भारतीय सेनाले बचाएको पाकिस्तानी राजनीतिज्ञको स्विकारोक्ती

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
Pakistan-Flag.jpg.jpeg

इस्लामावाद । पाकिस्तानका एक राजनीतिज्ञ मिसफर हसनले काश्‍मिरीहरुलाई पाकिस्तानी आदिबासीको आक्रमणबाट भारतीय सेनाले बचाएको तथ्य स्मरण गराएका छन् । २७ अक्टोबर सन् १९४७ मा भारतीय सेनाले निशस्त्र काश्मिरीहरूलाई बचाएको थियो र त्यो ऐतिहासिक तथ्यलाई अवमूल्यन गर्न नहुनेसमेत उनले बताएका छन् । 

हसनले भारतीय सेनाले निहत्था काश्मिरीहरुलाई सात दशकभन्दा पहिले पाकिस्तानी आदिवासीहरुको क्रूर आक्रमणबाट बचाएको बताएका हुन् । "२७ अक्टोबर १९४७ त्यो दिन थियो जब भारतीय सेनाले निशस्त्र काश्मिरीहरुलाई पाकिस्तानी आदिवासीहरूको डरपोक क्रुर आक्रमणबाट बचायो । ऐतिहासिक तथ्यहरूलाई पाकिस्तानले गरेको व्यवहारका आधारमा काश्मिरीहरुले हेर्न हुँदैन," हसनले ट्विट गरेका छन् । सो ट्वीटलाई भारतीय मिडियाले प्रकाशन गरेका छन्। उनले पाकिस्तानी प्रधानमन्त्री कार्यालय, डीजीआईएसपीआर, मीरवाइज काश्मिर फारुक पीएमलगायतलाई मेन्सन गर्दै उक्त ट्विट गरेका हुन् । 

हसनले पाकिस्तानी आक्रमणकारीहरूले काश्मिरमा आक्रमण गरेको र त्यसमा सामूहिक लूटपाट, तोडफोड र काश्‍मिरी महिलाहरुलाई बलात्कार गरेकोसमेत बताएका छन् । त्यो निकै डरलाग्दो अवस्थाबाट भारतीय सेनाले बचाएको भन्दै भारतीय सेनाको उनले प्रशंसा गरेका हुन् । 

आक्रमणकारीले बारामुल्ला सहरलाई घेरा हालेर हजारौं पुरुष, महिला र बच्चाहरू मारेका थिए । भारतीय सेनाले पछि ती आक्रमणकारीहरूलाई त्यो क्षेत्रबाट लखेटेको थियो । 

यूरोपियन फाउन्डेशन फर साउथ एशियन स्टडीज (ईएफएसएएस) को हालसालै प्रकाशित एउटा टिप्पणीअनुसार अक्टुबर २२ लाई जम्मू काश्मिरको इतिहासमा "अध्याँरो दिन" भनेर चिनिन्छ जब त्यस क्षेत्रलाई कब्जा गर्नका लागि अपरेशन गुलमर्ग सुरू गरिएको थियो।

एक युरोपेली थिंक ट्यांकका अनुसार आदिवासीहरूले ३५ हजारदेखि ४० हजार बासिन्दाहरुलाई मारेको एक भयानक इतिहास भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ