arrow

चिनियाँ पीएलएमा युद्ध अघी नै आफ्नो मृत्युको चिठी लेख्ने अभियान

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
chinese_army_pti_750x500.jpg

काठमाडौं। विश्व समुदाय चीनबाटै शुरु भएको कोरोना महामारीसँग जुधिरहँदा चीन भने सन् २०२० को सुरुवातदेखि नै उल्लेख्य आर्थिक बृद्धी गरिरहेको छ। केहि महिना कमजोर देखिएपनि चीन बाँकी विश्वलाई पछि पार्दै फाइदा लिइरहेको छ।ताइवान समुद्र, दक्षिण चीन सागर र पूर्वी चीन सागरमा 'आफ्नो शक्ति प्रदर्शन गर्न' निरन्तर सैन्य विमान र युद्धपोत पठाइरहेको छ । जसले छिमेकी देशहरूसँगको सम्बन्ध थप बिग्रिँदै गएको छ । मे २०२० देखि चीन र भारतको सीमा क्षेत्रमा पनि तनावपूर्ण अवस्था छ ।

चिनियाँ सेना पीएलएले लद्दाखको वास्तविक नियन्त्रण रेखालाई उल्लंघन गरेपछि जुन १५ मा दुबै पक्षबीच हिंसात्मक झडपसमेत भएको थियो । भारतले उक्त झडपमा आफ्नो तर्फका २० सैनिक मारिएको सार्वजनिक गरे पनि चीनले आफ्नोतर्फ भएको क्षतिको विवरण अझै सार्वजनिक गरेको छैन । विभिन्‍न औपचारिक पत्रहरु तथा मुलधारका मिडियाहरुले चीनतर्फ ठूलो क्षति भएको विवरण सार्वजनिक गर्दा पनि चीन सरकारले पनि अझै आफ्नोतर्फको क्षतिलाई लुकाउने प्रयास गरिरहेको छ । 

यसैबीच चिनियाँ अनलाइन सञ्‍चारमाध्यमहरुका अनुसार पीएलएभित्र एक अभियान सुरु गरिएको छ । जहाँ पीएलए सैनिक र अधिकारीहरुलाई यदि उनीहरूले आफ्नो देशका लागि आफ्नो जीवन दिए भने आफ्ना परिवारलाई विदाई पत्र लेख्‍न भनिएको छ । प्रतिवेदनले युद्धरत क्षेत्रमा रहेका सैनिकहरूको त्याग र समर्पणको वफादार जागरूकताका रूपमा पठाएको यी पत्रहरुले पीएलएभित्र यस्तो अभियान चलिरहेको कुरालाई ब्याख्या गरेको छ । चीनले यी युद्ध पत्रका माध्यमबाट पीएलए सैनिकहरूलाई रणभूमिको सामना गर्न तयार पार्न कोशिस भएको देखिएको छ । 

यस्तो पत्र लेख्‍ने अभियान चीनको फुजियामा रहेका पीएलए सैनिकबाट सुरु गरिएको थियो । यो अत्यधिक प्रतीकात्मक छ, फुजियानमा एकैपटक ४१ वटा पत्र पोष्ट गरिएका छन् । चीनले अझै पूर्वी थिएटरमा अझ बढी भरोसा राख्छ र चीनले पीएलएभित्र एकातिर आन्तरिक भावनालाई बढाउने प्रयास गर्दैछ भने अर्कोतिर बाह्यरुपमा ताइवानलाई त्रास देखाइरहेको छ। 

सीसीपीको वुल्फ-वार कूटनीति, विशेष गरी महामारीकै बीचमा हङकङका लागि जारी राष्ट्रिय सुरक्षा कानुन जारी गरियो । जसले पश्‍चिमी विश्वको ध्यानाकर्षण भयो र पश्‍चिमी मुलुकहरु आक्रोशित बने । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा एक वैश्विक गठबन्धनको तयार भएर चीनविरुद्ध लागेको छ । सीसीपीले हवाई रक्षाको तयारीलाई प्रचार गर्दै युद्धको वातावरण सिर्जना गर्दै छ र तिब्बतदेखि ताइवानको स्ट्रेट्ससम्म प्रत्यक्षरुपमा सैन्य अभ्यास सुरु गरिसकेको छ । 

सीसीपी र पीएलए जूनको मध्यमा गलवान भ्यालीमा भएको क्षतिको सामना गर्न तयार थिएनन् । चीनको लागि कडा बलिदान चढाउने सेनाका संख्याबारे पनि चीन बेखबर छ र कतिपय सैनिक अझै हराइरहेका छन् । यसले नकारात्मक जनमतलाई उक्साउन बाध्य पार्छ र पार्टी र पीएलएभित्र जवाफदेहीताको माग गर्न सक्छ । यी पत्रहरु दुबै सिपाही र चिनियाँ जनतालाई तयार पार्न चीनमा चेतना जगाउने दिशामा कडा कदम हुनसक्दछन् भन्ने चिनियाँ रणनीतिकारहरुको बुझाई छ । 

पीएलए एक बलियो शक्ति हो भन्‍ने चिनियाँ प्रचारको बाबजुद पनि हिमालयमा युद्ध भएको खण्डमा यसको उल्टो र हताहत हुन सक्छन् भन्‍ने त्रास पनि चीनलाई रहेको छ । युद्धअघि नै शोकको चिठी लेख्ने घटनाले पीएलएभित्र रहेको विश्वासको कमीलाई पनि प्रतिबिम्बित गर्ने रणनीतिकारहरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ