arrow

सन् २०२० कै सबैभन्दा विध्वंसात्मक समुद्री आँधीबाट ७० हजार मानिसको अवस्था अज्ञात 

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
typhoon-philippines.jpg

काठमाडौं । फिलिपिन्समा आएको विध्वंसात्मक आँधीले थुप्रैको ज्यान लिएको छ । सन् २०२० कै सबैभन्दा विध्वंसात्मक समुद्री आँधीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । 

समुद्री आँधीको आगमनसँगै सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार बासिन्दाको अवस्थाबारे चिन्ताहरू व्यक्त भइरहेका छन् । एल्बे प्रान्तमा एक पाँच वर्षीय बच्चासहित सात जनाको मृत्यु भएको विवरणमा जनाइएको छ। शक्तिशाली आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत्‌ आपूर्ति अवरुद्ध भएको छ।

बीबीसीका अनुसार कतिपय ठाउँमा अचानक बाढी आएको छ । हावाहुरीले घरका छानाहरु उडाएको छ । रुख ढालेको छ । स्थानीय समय अनुसार आइतबार बिहान ४स्५० बजेतिर प्रतिघण्टा २२५ किलोमिटरको वेगसहित क्याटानडुएस टापुमा बजारिएको आँधीले थुप्रै क्षति पुर्याएको छ । तर आँधी हाल कमजोर हुँदै गएको बताइएको छ । 

फिलिपिनी राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफ्नो निवासबाट विपद्‌ व्यवस्थापनको दिशामा भइरहेका कामलाई नियालिरहेको उनका प्रवक्ताले जनाएका छन् । फिलिपिन्सको राष्ट्रिय विपद्‌ व्यवस्थापनसम्बन्धी निकायका एक अधिकारी मार्क टिम्बलका अनुसार आँधीको बाटोमा पर्ने क्षेत्रका एक करोड ९० लाख मानिस प्रभावित भएका छन् ।

फिलिपिन्समा सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ