arrow

ट्रम्प या बाइडेन कसको पल्ला भारी ? यस्तो छ अहिलेसम्मको सर्वेक्षण

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
trump-biden.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकामा मंगलबार अर्थात ३ नोभेम्वरका दिन राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । मतदानपूर्व नै ऐलेसम्म इमेल र हुलाकको माध्यमबाट करोडौंले आफ्नो मत व्यक्त गरिसकेका छन् । राष्ट्रपतिमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको निरन्तरता या बिदाई के हुने हो मंगलबारको मतदान कार्यक्रमले तय गर्नेछ । 

मतदान कार्यक्रमको प्रतिक्षामा करोडौं मतदाता तम्तयार अवस्थामा रहेका छन् । मतदान हुनुभन्दा अघिका विभिन्न सर्वेक्षणले देखाएको नतिजाअनुसार ट्रम्पभन्दा जो बाइडेनको पक्षमा मत बलियो देखिएता पनि कतिपय राज्यमा अझै पनि अनलाईन भोटिङ्गको कार्यक्रम जारी रहेकाले यसै भन्न सकिने अवस्था छैन ।

अमेरिकाको राजनितिमा ‘स्विङ्ग स्टेट’ भनेर चिनिने यस्ता ८ राज्यहरु पनि छन् जुन पहिल्ल्यैदेखि नै कुनै पनि पार्टीको पकडमा छैनन् । तर त्यस्ता राज्यहरुमा हुने मतदानको परिणामले नै अमेरिकी राष्ट्रपति निर्वाचनमा पासा पल्टाईदिन सक्ने ल्याकत राख्दछन् । तिनै ८ राज्यहरुमा भएको मत पूर्वको सर्वेक्षणले भने बाइडेनको पक्षमा बलियो जनमत तयार भएको देखिन्छ।

  स्विङ्ग स्टेटअन्तर्गतको फ्लोरिडा राज्यमा रहेको कुल २९ इलेक्टोरेल भोटमध्ये वाइडेनको पक्षमा ४८.७ प्रतिशत देखाएको छ भने ट्रम्पको पक्षमा ४६.८५ रहेको छ। त्यस्तै पेनसेल्वेनियाको इलेक्टोरेल भोटमध्ये ५०.९ प्रतिशत वाइडेनको पक्षमा छ भने ट्रम्पको पक्षमा ४५.१ प्रतिशत रहेको छ। ओहियो राज्यमा १८ मध्ये विडेनको पक्षमा ४६.१ प्रतिशत र ट्रम्पको पक्षमा ४८.२ प्रतिशत, मिचिगेनमा १६ मध्ये वाइडेनको पक्षमा ५१.४५ र ट्रम्पको पक्षमा ४३५ देखिएको छ ।

त्यस्तै अन्य राज्यहरु उत्तरी क्यारोलिनामा रहेको जम्मा १५ इलेक्टोरेल भोटमध्ये बाइडेनको पक्षमा ४९.२ प्रतिशत र ट्रम्पको पक्षमा ४७.१ प्रतिशत, एरिजोनाको ११ मध्ये ४८.८ प्रतिशत बाइडेनको पक्षमा र ४५.४ प्रतिशत ट्रम्पको पक्षमा रहेको छ । अन्य दुई राज्यहरु विसक्न्सिनमा १० मध्ये बाइडेनको पक्षमा ५१.५ र ट्रम्पको पक्षमा ४३.७ प्रतिशत मत रहेको छ भने अयोवा राज्यको ६ इलेक्टोरेल भोटमध्ये ४७.८ प्रतिशत बाइडेनको पक्षमा र ट्रम्पको पक्षमा ४६.८ प्रतिशत मत रहेको सर्वेक्षणले देखाएको छ।

यो यौटा प्रारम्भिक अनुमान मात्रै हो । तर यी राज्यहरुमा हुने मतदानको अन्तिम नतिजा भने फरक पनि पर्न सक्नेछ। अहिलेसम्मको गरिएको सर्वेक्षणको अवस्थितिलाई नियाल्ने हो भने अधिकांश राज्यमा बाइडेनको पक्षमा बलियो मत रहेको पाइन्छ । 

अमेरिकामा मतदानको नियम अनुसार नागरिकद्वारा आ–आफ्नो क्षेत्रमा पहिला इलेक्टर्सको चुनाव गराइन्छ र अन्तिममा राष्ट्रपतिको लागि भोट हाल्ने काम हुन्छ । इलेक्टर्सले आफ्नो इच्छाबमोजिम कुनैपनि उम्मेदवारलाई स्वतन्त्र रुपमा भोट  हाल्न सक्तछन् । 

जसअनुसार अमेरिकामा भोटको आधारमा मात्र राष्ट्रपतिको चयन हुँदैन । उनै मतदाताले चुनेको इलेक्टर्सको आधारमा पनि राष्ट्रपति चुनिने ब्यवस्था रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ