arrow

अष्ट्रियाको राजधानीमा आतंकवादी आक्रमण, पाँचको मृत्यु, १५ गम्भीर घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
venna.jpg

भियना । अष्ट्रियाको राजधानी भियनामा स्थानीय समय अनुसार सोमबार भएका विभिन्न आतंकवादी आक्रमणमा पाँचको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ । उक्त घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएको बताइएको छ ।

विभिन्न स्थानमा भएका आतंककारी हमलामा ईस्लामिक समूहले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानपछि भियनाको प्रहरीले ट्वीटरमार्फत् उल्लेख गरेको छ । 

आतंककारी आक्रमणपछि प्रहरीले गरेको प्रतिरोधका क्रममा कम्तीमा एक आक्रमणकारीको मृत्यु भएको छ । आक्रमणकारीले  शरीरमा राखेको भनिएको ‘आत्मघाती विष्फोटक पदार्थ’ नक्कली भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले आक्रमणकारीको घरसहित अन्य सम्लग्न मतियारहरूको आक्रमणका समय खिचिएको भिडियोका आधारमा खोजी गरिरहेको बताएको छ ।
आक्रमणको विश्वव्यापीरूपमा निन्दा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ