arrow

ईयूको प्रतिबन्धपछि पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्सलाई २५० बिलियन नोक्सान

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
PIA.jpg

इस्लामावाद । युरोपियन युनियन र संयुक्त अधिराज्य बेलायतले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) लाई आफ्नो भूभागमा प्रवेशमा प्रतिबन्ध लगाएपछि पीआईएलाई २५० बिलियन रुपैयाँ नोक्सान भएको छ ।पीआईएका प्रवक्ताले युरोप र बेलायतका लागि उडान स्थगित भएको कारण राष्ट्रिय एयरलाइन्सले मासिक ९ बिलियन रुपैयाँ घाटा बेहोरिरहेको बताएका छन् । प्रवक्ताले एयरलाइन्समाथिको प्रतिबन्धलाई निरन्तरता दिइएमा मासिक ५४ बिलियनसम्मको नोक्सान बेहोर्नुपर्ने स्थिति सिर्जना हुने बताएका छन् । 

युरोपियन युनियनको एयर सेफ्टी एजेन्सीले पीआईएको उडानमा जुलाई १ देखि ६ महिनाका लागि स्थगित गरेको थियो । पीआईएका २६२ जना पाइलटहरूको परिचयपत्र र लाइसेन्स नक्कली भएको सार्वजनिक भएपछि पीआईएको उडानमा प्रतिबन्ध लगाएको थियो । उक्त खुलासापछि, भियतनामले २७ पाकिस्तानी पाइलटले चलाइरहेका विमानहरु ग्राउन्डेड गरेको छ । विश्वका सबै ठूला एयरलाइन्सले पनि पाकिस्तानी पाइलटहरूलाई उडानमा रोक लगाउन थालेका छन् । बेलायतले कुनै पनि पाकिस्तानी विमान उडान र ल्यान्ड गर्न नपाउने निर्णय गरेको छ । 

यही महिनाको सुरुमा पीआईएले ५४ कर्मचारीलाई नक्कली डिग्री, ड्रग्स दुरुपयोग र खराब प्रदर्शन गरेको कारण बर्खास्त गरिएको छ । राष्ट्रिय ध्वजावाहकले बर्खास्त गरेको ५४ जना कर्मचारीमध्ये सात जनालाई फर्जी डकुमेन्ट भएको भन्दै बर्खास्त गरिएको हो । आठ जना अनुपस्थित रहेको, दुईलाई घुस लिएको, चारलाई अनैतिक कामका लागि र एक जना नशालु पदार्थको सेवन गरेको भन्दै बर्खास्त गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ