arrow

अमेरिकामा अबको राष्ट्रपति ट्रम्प कि बाइडेन ? मतदान सम्पन्न, नतिजा आउन थाल्यो 

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
trump-biden.jpg

काठमाडौं । अमेरिकामा अबको केही समयपछि नै आगामी राष्ट्रपतिको तय हुनेछ । बुधबार बिहान मतदान सम्पन्न भएको छ । कतिपय स्थानमा मतपरिणाम आउन सुरु भएको छ । 

सबैभन्दा शुरुमा नतिजा घोषणा गर्ने नगरमध्ये डिक्सभिल नोच एउटा हो । त्यहाँ जम्मा १२ जना बासिन्दा छन् । ती सबैले मध्यरातपछि मतपेटिका राखिएको एउटा विशेष कोठामा मतदान गर्छन् । अरु ठाउँका नतिजा सार्वजनिक हुनुभन्दा कैयौँ घण्टा पहिला त्यहाँको नतिजा घोषणा हुन्छ ।

ट्रम्प इन्डियाना र न्यू हेम्पसायरमा अगाडि छन् । केन्टुकीमा बाइडेनले ५२.३ प्रतिशत र टम्पले ४५.३ प्रतिशत मत प्राप्त गरेका छन् । 

केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरुले मतदान गरेका छन्  ।  इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् भने पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ ।

अहिलेसम्मको विश्लेषण अनुसार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ। कोरोना भाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए ।

यस क्रममा ट्रम्प कोरोना संक्रमित नै भएका थिए । 

ट्रम्पले एक साताअघि र प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा मंगलबार मत खसालेकी थिइन् । 

यसपटक कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरुले पनि मत खसालेका थिए । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शनले संक्रमितले पनि मत खसाल्न पाउने जनाएको थियो ।

यसपालि विज्ञापनमा ठूलो रकम खर्च भएको छ । बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ भने ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको बीबीसीले लेखेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ