- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गरेको छ । उनलाई बुधबार बिहान मुम्बई प्रहरीले गिरफ्तार गरेको हो । उनीमाथि सन् २०१८ मा एक आमा र छोरालाई आत्महत्या गर्न उकासेको आरोप प्रहरीले लगाएको छ ।
अर्नबले भने पुलिसले उनीमाथि मारपिट गरेको आरोप लगाएका छन् । रिपब्लिक टिभीले अर्नबको घरको लाइभ फुटेज पनि प्रशारण गरेको थियो । जसमा पुलिस र अर्नबबीच झडप भएको देखाइएको थियो ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको घटनामा अर्नब र रिपब्लिक टिभीले मुम्बई प्रहरीको कार्वाहीमाथि प्रश्न उठाउँदै आएका थिए ।
सन् २०१८ मा ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमाले आत्महत्या गरेका थिए । नाइककी पत्नी अक्षताले उनका पतिले रिपब्लिक टिभीमा इन्टेरियरको काम गरेको बताएकी छिन् । उक्त कामका लागि ५०० कामदार लगाइएको र अर्नबले ५ करोड ४० लाख भारु भुक्तानी नदिएको आरोप अक्षताले लगाएकी छिन् । यसकै कारण अन्वयले आफ्नी वृद्धा आमासँगै आत्महत्या गरेको अक्षताको आरोप छ ।
अक्षताले रायगढ पुलिसले यस मामलामा एफआरआई दर्ता गरेको थियो । तर ठीकसँग जाँच नगरिएको अक्षताको आरोप छ ।
दुई मन्त्रीद्धारा गोस्वामीको गिरफ्तारीमाथि प्रश्न
गोस्वामीको गिरफ्तारीमाथि दुई केन्द्रीय मन्त्रीहरुले आपत्ति जनाएका छन् । मन्त्री प्रकाश जावडेकरले ट्वीटरमार्फत प्रेस स्वतन्त्रतामाथिको हमलाको निन्दा गरेका छन् । उनले यो प्रेससँग गरिएको व्यवहारको तरिका नभएको पनि उनले बताएका छन् ।
उनले यो घटना इमरजेन्सीका दिनहरु याद दिलाउने खालको भएको बताएका छन् ।
त्यस्तै अर्की केन्द्रीय मन्त्री स्मृति ईरानीले यो कार्वाहीमाथि सवाल उठाएकी छिन् । उनले ट्वीटरमार्फत फ्री पे्रसमा जो मानिस आज अर्नबको समर्थनमा खडा भएको छैन ऊ फाँसीवादको समर्थनमा रहेको छ ।’
उनले थप भनेकी छिन्, ‘तपाई उनलाई मन पराउनु हुन्न, तपाई उसलाई स्वीकार गर्न सक्नुहुन्न, तपाई उसको अस्तित्वलाई तुच्छ सम्झन सक्नुहुन्छ तर तपाई चुप बस्नुहुन्छ भने तपाई दमनको समर्थनमा हुनुहुन्छ । अर्को पटक तपाईमाथि कार्वाही भयो भने को बोल्छ ?’
बलिउड अभिनेत्री कंगना रनोटले पनि आपत्ति जनाएकी छिन् । उनले अर्नबप्रति समर्थन जनाउँदै आईएम विथ यू भनेकी छिन् ।
रनोटले उद्धव ठाकरे र सोनिया गान्धीसँग सोधेकी छिन्, ‘तपाईहरु कति आवाज बन्द गर्न सक्नुहुन्छ ?’