arrow

विस्फोटमा ६ सर्वसाधारणको मृत्यु, १४ घाइते

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
afgansitan.jpg.jpeg

कुन्दुज । अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी छ जना सर्वसाधारणको ज्यान गएको छ । सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेकबा थिए ।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो । सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो ।

यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् ।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि शुरु गरेका थिए । उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ