arrow

भारतमा एक हप्तापछि बढे कोरोना संक्रमित, मृतक पनि बढे

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
corona-india-ppe1.jpg

काठमाडौं । भारतमा एकहप्तासम्म घट्दै आएका कारोना भाइरसका संक्रमित बुधबार फेरि बढेका छन् । एकहप्तापछि आँकडा ५० हजार भन्दा बढी पुगेको हो । 

बुधबार ५० हजार ४६५ जना संक्रमित थपिएका छन् । यसअघि २८ अक्टोबरमा ५० हजार १८८ जना देखिएका थिए । त्यसपछि निरन्तर घट्दै आएको थियो । 

त्यस्तै मृतक पनि दुई हप्तासम्म कम हुँदै आएकामा बुधबार ७०४ जनाको ज्यान गयो । २१ अक्टोबरमा ७०१ जनाको ज्यान गएको थियो । 

त्यसपछि निरन्तर कम हुँदै आएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख ६३ हजार ४१२ पुगेको छ । सक्रिय संक्रमित भने घटिरहेका छन् । 

हाल सक्रिय संक्रमित ५ लाख २६ हजार ८०७ पुगेका छन् । बुधबार ५५ हजार ८७३ जना कोरोनामुक्त भएका छन् । 

अहिलेसम्म ७७ लाख १० हजार ६३० जना कोरोनामुक्त भएका छन् । बुधबार ७०४ जनाको ज्यान जाँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ लाख २४ हजार ३५४ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ