arrow

कोरोना भाइरसः एकैदिन थपिए पाँच लाख ७२ हजार, अमेरिकामा एक लाख नौ हजार, मृतक पनि उच्च

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
corona-worldwide.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा रहेका छन् । बुधबार अहिलेसम्मकै बढी पाँच लाख ७२ हजार संक्रमित थपिएका छन् । बुधबार ५ लाख ७१ हजार ३१४ जना संक्रमित थपिएको वल्डोमिटर्सले दिएको तथ्यांकले देखाएको छ । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा रेकर्ड नै बनेको छ । एकै दिन अमेरिकामा १ लाख ८ हजार ३८९ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै बढी हो । 

त्यस्तै भारतमा ५० हजार ४६५, फ्रान्समा ४० हजार ५५८, इटालीमा ३० हजार ५५०, बेलायतमा २५ हजार १७७, स्पेनमा २५ हजार ४२, पोल्यान्डमा २४ हजार ६९२, ब्रजिलमा २३ हजार ८१५, जर्मनीमा २० हजार २२८, रुसमा १९ हजार ७६८, स्वीट्जरल्याण्डमा १० हजार ७३ जना थपिएका छन् । 

३४ औं स्थानको नेपालमा ३ हजार ३०९ संक्रमित थपिएका छन् । 

मृतक पनि उच्च रहेको छ । एकैदिन ९ हजार ६७ जनाले ज्यान गुमाए । सबैभन्दा बढी अमेरिकामा १ हजार २०१ जनाको ज्यान गयो । भारतमा ७०४, ब्रजिलमा ६२२, मेक्सिकोमा ४९३, बेलायतमा ४९२, अर्जेन्टिनामा ४६८, इरानमा ४१९, रुसमा ३८९ पोल्याण्डमा ३७३, इटालीमा ३५२, स्पेनमा २९७ र नेपालमा ३० जनाको ज्यान गएको छ । 

नेपालमा बुधबार सबैभन्दा धेरैको ज्यान गएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ