दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
376
Shares
सियोल। दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ। राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ। विगत हप्ताहरूमा मुनको पक्षमा समर्थन ४४ प्रतिशतदेखि ४६ प्रतिशत अङ्कबीच कायम रहँदै आएको सर्भेक्षण संस्था रियलमिटरले जनाएको छ।
राज्य सम्बन्धी व्यवहारमा मुनको आकर्षण १.३ प्रतिशतले कमी आई ४९.६ अङ्क कायम भएको सर्भेक्षणले जनाएको छ। त्यसैगरी मुनको सत्ताधारी दल डेमोक्रेटिक पार्टीप्रतिको समर्थन अघिल्लो साताभन्दा शुन्य दशमलब १ प्रतिशतले घटेको छ।
दक्षिण कोरियाली प्रमुख विपक्षी दल पिपुल्स पावर पार्टीलाई पनि अघिल्लो हप्ताको तुलनामा १.२ अङ्क कमी अर्थात् २७.७ प्रतिशत समर्थन देखिएको छ।