arrow

अमेरिकी राष्ट्रपतिले कति पाउँछन तलब, सेवानिवृत्ति र अन्य सुविधाहरू?

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
usa-plane.jpg

काठकमाडौं । अमेरिकामा राष्ट्रपति चयनका लागि निर्वाचनपछि मतगणना अन्तिम चरणमा पुगेको छ । चुनावी मैदानमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्रतिस्पर्धी पूर्व उपराष्ट्रपति जो बाइडेनले रहेका छन् । पछिल्लो मतगणना अनुसार बाइडेन विजयको बाटोमा रहेको उल्लेख गरिएको छ । अमेरिकाको राष्ट्रपति हुनु केवल प्रतिष्ठाको कुरा मात्र होइन, यसबाट थुप्रै लाभ र सुविधाहरू पनि पाइन्छ । राष्ट्रपतिले हरेक वर्ष ४ लाख अमेरीकी डलर तलब पाउँछन् । साथै उनले एउटा घर, व्यक्तिगत विमान र हेलिकप्टरको सुविधा पनि पाउँछन् । तलब बाहेक, अमेरिकी राष्ट्रपतिलाई १७ प्रकारका विभिन्न भत्ता पनि दिइन्छ।

राष्ट्रपति निवास ह्वाइट हाउस
सन् १८०० पछि अमेरिकी राष्ट्रपतिको आधिकारिक निवासमा कैयन परिवर्तन भएको छ। ५५ हजार वर्ग फुटको भवनमा १३२ कोठा, ३५ बाथरूम र २८ फायरप्लेसहरू समावेश छन् । यसमा एक टेनिस कोर्ट, एक बलिङ एली, पारिवारिक चलचित्र थिएटर, जगिंग ट्र्याक र एक पौंडी पोखरी पनि छ । ह्वाइट हाउसमा पाँच शेफ, स्पेशल सेक्रेटरी, एक प्रमुख कलिग्राफर, माली, वालेट र बटलर पनि कार्यरत छन् ।

ब्लेयर हाउस
अमेरिकी राष्ट्रपतिका लागि आधिकारिक राज्य अतिथि गृह व्हाइट हाउस भन्दा ७० हजार वर्ग फिट ठूलो छ। यसमा ११९ कोठा छन्, जसमा अतिथि र स्टाफका लागि २० भन्दा बढी बेडरूम छन् । यसमा ३५ बाथरूम, चार भोजन कोठा, एक जिम, एक फूलको पसल र सैलुन पनि छ।

क्याम्प डेभिड
क्याम्प डेभिड १९३५ मा स्थापना भएको हो । यो राष्ट्रपति पर्वत मेरील्याण्डको पहाडमा १२८ एकड जग्गामा छ । पूर्व राष्ट्रपति फ्रान्कलिन रुजवेल्टपछि सबै राष्ट्रपतिले यो सुविधा उपयोग गरेका छन् ।

एयर फोर्स वन
एयर फोर्स वन अमेरिकी राष्ट्रपतिलाई यातायातका लागि डिजाइन गरिएको हो । एयरक्राफ्टमा इलेक्ट्रोम्याग्नेटिक पल्सबाट बचाउन जहाजमा अनवोर्ड इलेक्ट्रोनिक्स राखिएको छ । यो उन्नत सुरक्षित संचार यन्त्रहरूबाट सुसज्जित छ । यसले आक्रमणको समय मोबाइल कमाण्ड सेन्टरको रूपमा कार्य गर्छ । आकाश मै ईन्धन भर्न सकिने यसको विशेषता रहेको छ ।

मेरीन वन
राष्ट्रपतिको आधिकारिक हेलिकप्टर मेरीन वन पाँच अरु हेलिकप्टरको साथ उड्दछ । आपतकालीन अवस्थामा यसले उद्धार गर्न सक्छ भने  इन्जिन फेल भए १५० मील प्रति घण्टाको वेगमा क्रूज सञ्चालन गर्न सक्दछ । यो एन्टी मिसाइल प्रणाली र ब्यालिस्टिकबाट सुसज्जित छ।

द बीस्ट
राष्ट्रपतिको राज्य कार 'लिमोसिन' विश्वको सबैभन्दा सुरक्षित कार मानिन्छ । यसका ढोकाहरू आर्मर्ड-प्लेटेड मात्र नभइ रासायनिक आक्रमणको अवस्थामा सुरक्षाका लागि १०० प्रतिशत सिल बनाउँछ । झ्यालमा पाँच तहको ग्यास र पोलीकार्बोनेट छ । कारमा अक्सिजन आपूर्ति, फायर फाइटिंग सिस्टम र रक्त बैंक पनि छ ।

सेक्रेट सर्भीस
अमेरिकी राष्ट्रपति र उनको परिवारले चौबीसै घण्टै कडा सुरक्षा प्राप्त गर्दछन् । उनीहरुले देशको सबभन्दा पुरानो संघीय अन्वेषण एजेन्सी मध्ये एक सेक्रेट सर्भीसद्वारा सुरक्षित छन्।

तलब
अमेरिकी राष्ट्रपतिले ४ लाख कर बाहेक तलब प्राप्त गर्दछन्। यस बाहेक उनीहरुले १९ हजारको मनोरन्जन भत्ता, ५० हजार डलरको वार्षिक व्यय भत्ता र १ लाख गैर-करयोग्य यात्रा भत्ता पनि प्राप्त गर्दछन् ।

सेवानिवृत्ति लाभ
अमेरिकी राष्ट्रपतिले पनि निवृत्तिभरण पाउँछन् । पूर्व राष्ट्रपतिले वार्षिक पेन्सन २ लाख डलर पाउछन् । यसबाहेक पूर्व राष्ट्रपतिकी विधवा श्रीमतीले पनि १ लाख डलर वार्षिक भत्ता प्राप्त गर्छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ