arrow

वैध मत गनिए आफूले जित्ने ट्रम्पको दाबी, पूर्ण युद्धमा जान उक्साए छोराले ट्रम्पलाई 

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
trump-biden1.jpg

काठमाडौं । अमेरिकामा आगामी राष्ट्रपतिका लागि निर्वाचनको मतगणना जारी रहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले आफूले जित्ने दावी गरिरहेका छन् । मतगणना अन्तिम चरणमा पुगिरहँदा ट्रम्प पछाडि परेका छन् । तर उनले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै वैध मतमात्र गनिए आफूले जित्ने दावी गरेका छन् ।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप फेरि लगाउँदै ‘यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु’ भने । हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन् ।

मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले चुनावी हस्तक्षेपको सङ्ज्ञा दिए ।

त्यस्तै बाइडनले भने मानिसहरुलाई संयमित हुन आह्वान गरेका छन् । लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिने भन्दै उनले प्रक्रियाले काम गरिरहेको उल्लेख गरेका छन् । 

प्रत्येक मतको गणना हुनुपर्नेमा उनको जोड छ । मतगणना सकिएपछि विजयी हुनेमा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई कुनै शङ्का नरहेको पनि बाइडनले बताएका छन् । 

ट्रम्पका छोराले उक्साए 
राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर ‘पूर्ण युद्धमा जान’ू आफ्ना बुवालाई आग्रह गरेका छन् ।

उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ।

जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन् ।

रिपब्लिकनका ट्रम्प विरुद्ध डेमोक्रयाटिक मत बढेको छ । बाइडेनले पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा २५३ इलेक्टोरल मत पाएका छन् । ट्रम्पले २१४ इलेक्टोरल मत प्राप्त गरेका छन् ।

२७० इलेक्टोरल मत प्राप्त गर्ने विजेता हुने भएकाले बाइडेन जित नजिक छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ