arrow

भारत–चीन सीमा विवादः ‘फ्रिक्सन एरिया’ मा तत्काल बृहत सेना परिचालन गर्ने भारतको रणनीति

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
india-china-conflict.jpg

नयाँ दिल्ली । भारत–चीन सीमा विवादका कारण दुबै मुलुकबीचको सम्बन्धमा समस्या देखिएको छ । सीमा समस्या समाधानका लागि भारत र चीनबीच पटकपटक सैन्य र कूटनीतिक वार्ता भए पनि कुनै निष्कर्ष भने निस्किन सकेको छैन । 

भारतले सीमा क्षेत्रका फ्रिक्सन एरियामा तत्काल बृहत रुपमा सेना परिचालन गर्ने रणनीति लिएको छ । सञ्‍चारकर्मीसँग कुरा गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले दुबै मुलुक सीमा विवादको शान्तिपूर्ण समाधानका लागि वार्तामा रहेको बताए । 

उनले भने, ‘तपाईलाई थाहा नै छ । भारत र चीन दुबै कूटनीतिक र सैनिक दुबै माध्यमबाट भारतको सीमा क्षेत्रमा एलएसीको समस्यालाई शान्तपूर्वक समाधान गर्न छलफल जारी छ । दुबै मुलुकमा विदेशमन्त्रीहरु बीच १० सेप्टेम्बर २०२० मा मस्कोमा भएको बैठकमा भएको सम्झौता अनुसार अघि बढ्ने छन् ।’

‘दुबै पक्षले सैन्य र कूटनीतिक माध्यममार्फत संवाद र सञ्‍चार कायम राख्‍न र सकेसम्म छुट्टाछुट्टै पारस्परिक रूपमा स्वीकार्य समाधानमा पुग्‍ने भारतको चाहना रहेको दोहोर्‍याएका छन् । हामी चिनियाँ पक्षसँग निरन्तर वार्तामा छौं र थप जानकारी भएपछि तपाईंलाई जानकारी दिनेछौं’, उनले भने ।

भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयको लागि काम गर्ने संयन्त्रको १९ औं बैठक सेप्टेम्बर ३० मा सम्पन्‍न भएको थियो । त्यसपछि अक्टोबर १२ मा चुशुलमा वरिष्ठ कमाण्डरहरूको सातौं बैठक भएको थियो । 

जाडो बढ्दै गएपछि भारतीय सेनाले त्यसको पूर्ण तयारी गरेको छ । नयाँदिल्लीले पनि सीमा पूर्वाधार सुधार गर्ने काममा कुनै कसर बाँकी नराख्‍ने जनाएको छ । पछिल्लो समय भारतको नियन्त्रणमा रहेका चिनियाँ सेनालाई प्रोटोकल अनुसार नै फिर्ता गरिएकोसमेत भारतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ