arrow

महाराष्ट्रमा एक लाखबढी सक्रिय संक्रमित, २४ घण्टामा भारतमा छ सय सत्तरीको निधन

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
india-pcr-test.jpg

नयाँदिल्ली ।  भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ । 

महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ