arrow

स्वास्थ्यका कारण पुटीनले राजीनामा दिनसक्ने

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
putin.jpg1.jpeg

काठमाडौं। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्य समस्या देखिएसँगै आउँदो जनवरीमा राजीनामा दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ६८ वर्षीय पुटिनलाई हात खुट्टा कामिरहेको हुँदा पार्किन्सन नामक रोगसँग मिल्दो लक्षण देखिएको भन्दै राजीनामाको तयारी गरेको बताइएको छ।

बेलायती पत्रिका द सनलाई मस्कोका राजनीति विज्ञानका प्राध्यापक भलेरी सोलोभेइले उनको स्वास्थ्य अवस्था ठिक नभएका कारण राजीनामा दिन सक्ने बताएका छन्। उनले भनेका छन्,  ‘उनको परिवार छ, जसको प्रभाव उनीमा छ। उनी आफ्नो शक्ति आगामी जनवरीमा जनतालाई सुम्पिने मनसायमा छन्।’

पुटिनकी लामो समयदेखिकी प्रेमिका र उनका दुई छोरीहरुको आग्रहको कारण उनले राजीनामा दिने तयारी गरिरहेको हुनसक्ने आँकलन गरिएको छ। पुटिन पछिल्लो दुई दशकदेखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा रुसको सत्तामा छन्। हालै मात्र उनले उनी सन् २०३६ सम्म रुसको सत्तामा रहन सक्ने गरी संविधान संशोधन भएको थियो। संविधान संशोधन गरेको पक्षमा ७८ प्रतिशत रुसी नागरिकले मतदान गरेका थिए।

राजीनामा नदिए पुटिन अझैं थप १६ वर्षसम्म राष्ट्रपति नै रहन सक्छन्। तर, उनले आउँदो वर्षको जनवरीमा राजीनामा दिन सक्ने सम्भावना देखिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ