arrow

विहार निर्वाचनलाई ध्यानमा राखी रक्सौल नाका बन्द

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
birgjunj-raxaul-broder.jpg

वीरगञ्ज। सीमावर्ती भारतको रक्सौल विधानसभाअन्तर्गतको तेस्रो चरणको निर्वाचन शनिबार हुने भएकाले त्यस अगावै २४ घण्टा नेपाल भारत सीमानाका बन्द गरिने भएको छ।

कोरोना संक्रमणका कारण नेपालतर्फ चैतदेखि नै नाका बन्द रहे पनि अन्य नाकाबाट भारत छिर्नेहरुलाई समेत कडाइ गरिएको रक्सौलका थाना प्रबाही अभय कुमारले जानकारी दिए।

चुनावलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतको बैरगनियादेखि बगहा,वाल्मीकि नगरसम्म रहेको नेपाल भारतको सीमा बन्द गरिसकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ