arrow

पेन्सिलभानियाको मतदान केन्द्रमा हतियारसहित आक्रमण गर्न खोज्ने व्यक्ति समातिए

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
Joe_Biden-Donald_Trump.jpg

वासिङ्टन । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जानकारी दिएको छ । ती व्यक्तिले हातियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि पक्राउ गरिएको र उनको साथबाट हातहतियारसहित नै उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

 उनी को हुन् भन्ने बारेमा भने केही पनि बताइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ