arrow

धेरै मृत्यु हुने देशमा अमेरिका र भारतपछि ब्रजिल

logo
एएफपी,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
brazil-corona.jpg

पेरिस । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३५ हजार १४८ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार  अपराह्नमा जानकारी दिएको छ । 

गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८७ लाख ७ हजार ७८० व्यक्ति संक्रमित भइसकेका छन् । तीमध्ये ३ करोड १९ लाख ४५ हजार ५५० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ ।  

कोरोना भाइरसको संक्रमणबाट  बिहीबार, एकै दिनमा विश्वभरी ८ हजार ८७५ जनाको मृत्यु भएको छ ।  छ लाख ८ हजार ८६९ जना नयाँ संक्रमित थपिएका छन् । एएफपीले लिएको पछिल्लो तथ्याङ्ककाअनुसार सबैभन्दा बढी मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका, दोस्रोमा भारत र तेस्रोमा र ब्राजिल रहेका छन् । 

अमेरिकामा  बिहीबार एकै दिनमा १ हजार २२६ जनाको मृत्यु भएको छ  भने  भारतमा ६७० र ब्राजिलका ६३० को मृत्यु भ्एको छ । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३४ हजार ९४४ जनको मृत्यु भएको छ । अमोरिकामा ९६ लाख १० हजार ९६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६१ हजार ७३६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । यहाँ ५६ लाख १२ हजार ३१९ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २४ हजार ९८५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८४ लाख ११ हजार ७२४ कोरोना भाइरस संक्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार ७७२ जनाको मृत्यु भएको छ भने ९ लाख ४९ हजार १९७ जना संक्रमित भएका छन् । संयुक्त अधिराज्यमा ४८ हजार १२० जनाको मृत्यु भएको छ भने ११ लाख २३ हजार १९७ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । ल्याटिन अमेरिका र क्यारिबेनमा ४ लाख ८ हजार ७३५ जनाको मृत्यु भएको छ भने १ करोड १४ लाख ८६ हजार  ८९६ संक्रमित रहेका छन् । 

युरोपमा २ लाख ९७ हजार ७५७ जनाको मृत्यु भएको छ भने १ करोड १९ लाख २१ हजार ३५५ जना संक्रमित भएका छन् । एसियामा कोरोना भाइरसबाट १ लाख ७४ हजार ९४५ जनाको मृत्यु भएको छ भने १ करोड ८ लाख ७९ हजार ३०० कोरोना भाइरस संक्रमित भएका छन् ।

मध्यपूर्वमा यस भाइरसबाट ६३ हजार २०७ जनाको मृत्यु भएको छ भने २६ लाख ८४ हजार २०३ जना संक्रमित भएका छन् । अफ्रिकामा ४४ हजार २३८ जनाको मृत्यु भएको छ भने १८ लाख ४४ हजार ३८४ जना संक्रमित भएका छन् । ओसियानामा ९४१ जनाको मृत्यु भएको छ भने २९ हजार ८९७ जना संक्रिमित भएका छन् ।

एएफपीले विश्व स्वास्थ्य संगठनको स्रोतबाट बाहिर ल्याएको यस तथ्याङ्कमा सम्भवतः संक्रमणको वास्तविक संख्याको केही अंश मात्र देखाएको एएफपीले जानकारी दिएको छ । धेरै देशहरूले केवल लक्षण वा गम्भीर प्रकारको  बिरामीको मात्र परीक्षण गरिरहेका जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ