arrow

कोरोना भाइरसः कहाली लाग्दो तरिकाले बढे संक्रमित, अमेरिकामा भयावह स्थिति

एकैदिन छ लाख १९ हजार २०५ संक्रमित थपिए, ९ हजार ५२ जनाको ज्यान गयो

logo
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
corona-school.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित लगातार बढिरहँदा शुक्रबार कहाली लाग्दो स्थितिमै पुगेको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । शुक्रबार ६ लाख १९ हजार २०५ संक्रमित थपिएका छन् । 

यो आँकडा कोरोना भाइरस सुरु भएदेखिकै अहिलेसम्मकै बढी हो । पछिल्ला केही दिनदेखि हरेक दिन रेकर्ड बनिरहेको छ । यसअघि बिहीबार त्यतिन्जेलसम्मकै बढी ६ लाख १ हजार ७५४ जना संक्रमित थपिएका थिए । 

त्यस्तै बुधबार पाँच लाख ७२ हजार संक्रमित थपिएका थिए । चिसो मौसम बढ्दै जाँदा संक्रमित उच्च गतिमा थपिएका छन् । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा थपिएका छन् । अमेरिकामा दैनिक नयाँ रेकर्ड नै बनेको छ । राष्ट्रपतिको निर्वाचनका कारणले पनि मानिसहरु बढी घरबाहिर निस्कँदा यो स्थिति भयावह भएको छ । 

शुक्रबार अमेरिकामा एकै दिन १ लाख २८ हजार ९७६ जना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै कुनै पनि देशको आँकडा सबैभन्दा बढी हो । 

त्यसअघि बिहीबार १ लाख १५ हजार ७१० जना संक्रमित अमेरिकामै थपिएका थिए । त्यो पनि रेकर्ड नै थियो । यसअघि बुधबार १ लाख ८ हजार ३८९ जना संक्रमित अमेरिकामै थपिएका थिए । त्यो पनि त्यतिन्जेलको रेकर्ड थियो ।  

त्यस्तै फ्रान्समा ६० हजार ४८६ जना संक्रमित थपिए । लामो समयपछि भारतलाई लगातार दोस्रो दिन पनि उछिन्दै फ्रान्स दोस्रो स्थानमा पुगेको हो । 

भारतमा ४९ हजार ७३९ जना थपिएका छन् । इटालीमा ३७ हजार ८०९, पोल्यान्डमा २७ हजार ८६, बेलायतमा २३ हजार २८७, ब्रजिलमा १८ हजार २४७, स्पेनमा २२ हजार ५१६, रुसमा २० हजार ५८२, जर्मनीमा २२ हजार २४६, अर्जेन्टिनामा ११ हजार ७८६, बेल्जियममा ११ हजार १२८, रोमानियामा १० हजार २६०, स्वीटजरल्याण्डमा ९ हजार ४०९ जना संक्रमित थपिएका छन् । 

३४ औं स्थानको नेपालमा २ हजार ९०९ संक्रमित थपिएका छन् । 

मृतक पनि एकैदिन बढी
मृतकको संख्या पनि उच्च रहेको छ । शुक्रबार एकैदिन ९ हजार ५२ जनाको ज्यान गयो । यसअघि एकैदिन बुधबार सबैभन्दा बढी ९ हजार ६७ जनाले ज्यान गुमाए । बिहीबार ८ हजार ७०३ जनाको ज्यान गयो । 

शुक्रबार अमेरिकामा १ हजार २२१ जनाको ज्यान गयो । फ्रान्समा ८२८, भारतमा ५७६, ब्रजिलमा २५६, मेक्सिकोमा ५४४, इटालीमा ४४६, इरानमा ४२४, बेलायतमा ३५५, अर्जेन्टिनामा ३७०, इरानमा ४२४, रुसमा ३७८,  स्पेनमा ३४७, पोल्याण्डमा ४४५ र नेपालमा १८ जनाको ज्यान गएको छ । 

विश्वभर अहिलेसम्म ४ करोड ९६ लाख ४५ हजार १८९ जना संक्रमित पुगेका छन् । मृतकको संख्या १२ लाख ४७ हजार ९७१ पुगेको छ । ३ करोड ५२ लाख ४३ हजार ३३ जनालाई निको भएको छ । सक्रिय संक्रमितको संख्या १ करोड ३१ लाख ५४ हजार १८५ रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ