arrow

चीनबाट सर्ने उद्योगलाई अनुदान, जापानीज कम्पनीहरु चीन छोडेर भारतमा सर्दै

logo
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
factory-industry-china-japa.jpg

काठमाडौं । जापानले चीनमा उत्पादन गरिरहेका जापानीज कम्पनीहरुलाई चीनबाट अन्य मुलुकमा सार्नका लागि अनुदान दिन थालेको छ । चीनमा भइरहेका अवैधानिक क्रियाकलापहरुका कारण जापानले चीनबाट आफ्ना कम्पनीहरुलाई अन्य देशमा सारिरहेको हो ।

यसबीच चीनमा उद्योग खोलेर उत्पादन गर्दै आएका दुई जापानीज कम्पनीहरुलाई त्यहाँबाट भारतमा सर्नका लागि जापान सरकारले सहयोग गर्ने भएको छ । टोयोटा सुशो र सुमिदालाई उनीहरुको उत्पादन बेस चीनबाट भारतमा सार्नका लागि जापान सरकारले आर्थिक सहयोग गर्ने भएको हो ।

बिहीबार ग्लोबल इन्भेष्टरसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेटका क्रममा यो कुराको घोषणा भएको हो । टोयटा सुशोले रेयर अर्थ मेटल्स (अत्यावश्यक दुर्लभ धातु)सम्बन्धी उद्योग र सुमिदाले सवारी साधनका पार्टपुर्जा उत्पादन सम्बन्धी उद्योगको काम गर्छ ।

भारतीय सरकारी अधिकारीहरुले टाइम्सअफइन्डियालाई जनाएअनुसार, ती कम्पनीहरुले भारतमा आफ्नो उद्योग सार्न खोजिरहेका बेला जापान सरकारले आर्थिक सहयोग गर्दै थप आकर्षण बढाइदिएको हो । भारत र जापानले दक्षिण एसियामा चीनको बढ्दो आक्रामक विस्तारलाई नियन्त्रण गर्न खोजिरहेका छन् । 

कोरोना भाइरसको महामारीले यसलाई झनै अनुकुल बनाइदिएको छ । अष्ट्रेलियासँगै जापान र भारतले इण्डो प्रशान्तका लागि आपुर्ती श्रृंखला विस्तारको पहल चालेको छ। यसविषयमा भारतले आर्थिक सहकार्यका लागि जापानसँग पहल चालेको थियो ।

जापानले विभिन्न कम्पनीहरुलाई सहयोग गर्ने एवं चीनबाट भारत, बंगलादेश, जापान र अन्य एसियाली मुलुकहरुमा आफ्नो उद्योग सार्न चाहने जापानी कम्पनीहरुलाई सहयोग गर्नका लागि २ अर्ब अमेरिकी डलरको घोषणा गरेको छ । चीनमा करिब ३० हजार जापानी कम्पनीहरुको उत्पादन उद्योगहरु रहेका छन् । जसकारण चीन विश्वबजारमा उदाएको छ । भारतमा भने करिब ५ हजार १ सय मात्रै जापानी कम्पनीहरु छन्।

हालै जापान बाह्य व्यापार संगठनले १० जापानी कम्पनीहरुलाई भारतीय कम्पनीहरुसँग उच्च प्रविधिको परियोजनामा सहकार्य गर्न आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ । यसअन्तर्गत सुजुकी ओदम्पसजस्ता ठूला कम्पनीहरु रहेका छन् । सुजुकी अहिले ग्रामिण क्षेत्रमा ट्रान्जिट बस यातायात नियन्त्रण प्रणाली विकास गर्न आइटी पूर्वाधारको विकासमा छ भने ओलम्पसले चिकित्सकहरुलाई सहयोग गर्ने एचसीएल टेक्नोलोजी विकासका क्षेत्रमा काम गरिरहेको छ ।

चीनले विदेशी कम्पनीहरुलाई आफ्नो देशमा आर्कषण गराउनका लागि श्रमशोषण गराउने गरेको आरोप छ । तर, पछिल्लो समय विश्वबजारमा चिनियाँ धन्दाहरुको पर्दाफास हुँदै जाँदा त्यहाँबाट विदेशी कम्पनीहरु बाहिरी देशमा आफ्नो उद्योग सार्न खोजिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ