arrow

फ्रान्समा एकै दिनमा अहिलेसम्मकै धेरै ६० हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ पुष्टि

logo
एएनआई,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
france-corona.jpg

पेरिस, फ्रान्स। फ्रान्समा महामारीको सुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ। फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड–१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ। शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड–१९ ले विश्वव्यापी महामारीको प लिएको बताएकमो थियो।

शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ